Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

आर्थिक साक्षरता अभियान सुरु

खबरडबली संवाददाता

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौंस्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताए । 

‘‘युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ,’’ पूर्वमन्त्री महतले भने, ‘‘कानुनले दिएका कयौँ सुविधाको विषयमा युवाहरूलाई जानकारी गराउन नसक्दा समस्या सिर्जना भएको छ । यस्तो कार्यक्रमले युवाहरूलाई सचेत बनाउन सहयोग गर्छ ।’’

कार्यक्रमका प्रमुख अतिथि रहेका महतले विद्यार्थीले क्याम्पसमा पढ्दादेखि नै भविष्यमा के गर्ने भन्ने योजना बनाउनुपर्ने बताए । ‘‘धेरै युवाहरूलाई विदेशमा मात्रै भविष्य छ भन्ने लाग्ने गरेको छ । त्यो सत्य होइन । मैले पनि अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेको थिए,’’ महतले भने, ‘‘विदेश ३० सेकेन्डको टिकटक वा रिल बनाए जस्तो सजिलो छैन । नेपालमा कयौँ काम हुन बाँकी रहेकाले यहाँ ठुलो अवसर छ ।’’

सोमबार पब्लिक यूथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा आयोजित आर्थिक साक्षरता अभियानलाई राष्ट्रिय वाणिज्य बैङ्कले सहयोग गरेको थियो । अभियानअन्तर्गत पब्लिक यूथ क्याम्पसमा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

निर्णायक मण्डलले छनोट गरेको उत्कृष्ट ३ निबन्धलाई ट्रर्फी, सर्टिफिकेट र नगद पुरस्कारसहित सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महतले निबन्ध प्रतियोगितामा प्रथम भएका सुमन समल मगरलाई ट्रर्फी, सर्टिफिकेटसहित नौ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरेका थिए । 

यस्तै, दोस्रो भएका शिशिर लामिछानेलाई  ट्रर्फी, सर्टिफिकेटसहित पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । तेस्रो भएकी सुरक्षा कडेललाई ट्रर्फी, सर्टिफिकेटसहित तीन हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । अक्ष ज्योतिले आगामी दिनमा देशभरका विभिन्न क्याम्पसमा विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध प्रतियोगिताका साथै वक्तृत्वकला प्रतिस्पर्धा, उद्यमशीलता सम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र लेक्चर सिरिजलाई निरन्तरता दिने जनाएको छ । 

सोमबार आयोजित लेक्चर सिरिजका कार्यक्रमहरू अक्ष ज्योतिको सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सोमबार कार्यक्रमअन्तर्गत पब्लिक यूथ क्याम्पसमा २ वटा प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो । ‘स्टार्टअप र साना उद्यमीहरूको समस्याः वित्तीय पहुँचका लागि बैंकहरूसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिएका थिए । 

यस्तै, कार्यक्रममा आयोजित ‘डिजिटल बैंकिङको वरदान र आशीर्वादः नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान प्रशिक्षण प्रदान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE