काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौंस्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताए ।
‘‘युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ,’’ पूर्वमन्त्री महतले भने, ‘‘कानुनले दिएका कयौँ सुविधाको विषयमा युवाहरूलाई जानकारी गराउन नसक्दा समस्या सिर्जना भएको छ । यस्तो कार्यक्रमले युवाहरूलाई सचेत बनाउन सहयोग गर्छ ।’’
कार्यक्रमका प्रमुख अतिथि रहेका महतले विद्यार्थीले क्याम्पसमा पढ्दादेखि नै भविष्यमा के गर्ने भन्ने योजना बनाउनुपर्ने बताए । ‘‘धेरै युवाहरूलाई विदेशमा मात्रै भविष्य छ भन्ने लाग्ने गरेको छ । त्यो सत्य होइन । मैले पनि अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेको थिए,’’ महतले भने, ‘‘विदेश ३० सेकेन्डको टिकटक वा रिल बनाए जस्तो सजिलो छैन । नेपालमा कयौँ काम हुन बाँकी रहेकाले यहाँ ठुलो अवसर छ ।’’
सोमबार पब्लिक यूथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा आयोजित आर्थिक साक्षरता अभियानलाई राष्ट्रिय वाणिज्य बैङ्कले सहयोग गरेको थियो । अभियानअन्तर्गत पब्लिक यूथ क्याम्पसमा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो ।
निर्णायक मण्डलले छनोट गरेको उत्कृष्ट ३ निबन्धलाई ट्रर्फी, सर्टिफिकेट र नगद पुरस्कारसहित सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महतले निबन्ध प्रतियोगितामा प्रथम भएका सुमन समल मगरलाई ट्रर्फी, सर्टिफिकेटसहित नौ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरेका थिए ।
यस्तै, दोस्रो भएका शिशिर लामिछानेलाई ट्रर्फी, सर्टिफिकेटसहित पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । तेस्रो भएकी सुरक्षा कडेललाई ट्रर्फी, सर्टिफिकेटसहित तीन हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । अक्ष ज्योतिले आगामी दिनमा देशभरका विभिन्न क्याम्पसमा विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध प्रतियोगिताका साथै वक्तृत्वकला प्रतिस्पर्धा, उद्यमशीलता सम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र लेक्चर सिरिजलाई निरन्तरता दिने जनाएको छ ।
सोमबार आयोजित लेक्चर सिरिजका कार्यक्रमहरू अक्ष ज्योतिको सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सोमबार कार्यक्रमअन्तर्गत पब्लिक यूथ क्याम्पसमा २ वटा प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो । ‘स्टार्टअप र साना उद्यमीहरूको समस्याः वित्तीय पहुँचका लागि बैंकहरूसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिएका थिए ।
यस्तै, कार्यक्रममा आयोजित ‘डिजिटल बैंकिङको वरदान र आशीर्वादः नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान प्रशिक्षण प्रदान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: