Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सुदूरपश्चिममा दश सदस्यीय मन्त्रीपरिषद् गठन

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशमा १० सदस्यीय प्रदेश सरकार गठन भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले १० सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन् । 

मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले पद् तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री, मन्त्रीहरु र मुख्यमन्त्री शाहले राज्य मन्त्रीहरुलाई पद् तथा गोपनीयताको शपथ ग्रहण गराए । 

नेपाली कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री, नेकपा (एमाले) बाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री बनेका छन् । नेपाली कांग्रेसबाट बहादुरसिंह थापा, मेघराज खड्का मन्त्री र प्रकाश बम तथा सरस्वती खड्काले राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरे । 

यसैगरी, एमालेबाट सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा, हीरा सार्कीले मन्त्री र निर्मला साउँदले राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरे । यसका साथै नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् । 

सुरेन्द्रबहादुर पाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, बहादुरसिंह थापालाई आर्थिक मामिला मन्त्रालय, मेघराज खड्कालाई सामाजिक विकास मन्त्रालय, लक्ष्मणकिशोर चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी, हीरा सार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र वीरबहादुर थापाले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

निर्मला साउँदलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE