Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नवलपुरमा माछापालनबाट वार्षिक २० करोडको आम्दानी

खबरडबली संवाददाता

कावासोती । नवलपुर माछापालनमा आत्मनिर्भर जिल्लाका रुपमा विकास हुँदै गएको छ । माछाका लागि वातावरण अनुकुल र कमाई पनि राम्रै हुने भएपछि नवलपुरका युवा अरु पेशा छाडेर माछापालनमा लागेका छन् । 

नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनको लागि उत्कृष्ट प्रमाणित गरेपछि अहिले व्यावसायिक माछापालन गर्ने क्षेत्र समेत वर्षेनी बढ्दो रुपमा रहेको छ । नवलपुर मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष इन्द्रमणी भुसालले जिल्लामा माछापालन व्यवसायबाट एक हजार किसानहरु लाभन्वित भएको बताए । उनले भने, “ देवचुली १३ मा विगत १९ वर्षदेखि माछा पालन र्फम दर्तागरि एक विघामा व्यवसायिक माछा पालन गर्दै आएको छु । वार्षिक रुपमा बाह्र लाख आम्दानी हुने गरेको छ । जसमध्ये पाँच लाख बचत हुने गरेको छ ।” 

व्यवस्थित तरिकाले माछा पालन गर्ने हो भने एक विघामा १५ देखि २० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । यहाँका किसानहरुले अहिले यो पेशालाई आम्दानीको मुख्य श्रोत बनाउन सफल हुनुमा आफ्नो पौरख र परिश्रमलाई मुख्य कर्म ठानेका छन्, भुसालले बताए । 

देवचुली नगरपालिका १३ की निर्मला दाहाल पनि माछापालनबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउँछिन् । यो व्यवसायबाट राम्रो आम्दानी भएकाले स्वदेशमा नै खुसी भएको बताउँछिन । कावासोती १३ का कृषक कृष्ण पाण्डेले गण्डकी प्रदेशमै अग्रणी जिल्लाका रुपमा रहेको नवलपुरमा कृषकलाई दिने ज्ञान र अनुुदानले किसानहरुलाई थप टेवा भएको बताए । तीन बर्ष अघिसम्म माछापालन गर्ने कृषकहरुले माछा विक्रीको लागि बजारको राम्रो व्यवस्था, प्राविधिक तालिम नहुदा समस्या भएपनि अहिले सबै भएको उनले बताए । 

जिल्लामा पछिल्लो तीन वर्षमा मत्स्य उत्पादनमा वृद्धि भएको छ । मत्स्य पालन व्यवसाय तुलनात्मक रुपमा व्यवस्थापन गर्न सजिलो भएको र कृषकहरुले राम्रो आयआर्जन गरिरहेको हुनाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको छ । नवलपुरका मत्यविकास अधिकृत सन्दिप लामिछानेले जिल्लामा गत आर्थिक वर्ष २०७८।७९ मा ९३३ मेट्रिक टन, २०७९।८० मा ९६८ मेट्रिक टन माछा उत्पादन भएको थियो । २०८०।०८१ मा ९८१ मेट्रिक टन माछा उत्पादन भएको छ । अहिले १३ मेट्रिक टन माछा उत्पादनमा वृद्धि भएको अधिकृत लामिछानेले बताए । 

आर्थिक वर्ष २०७९। ०८०मा पोखरीको सङ्ख्या एक हजार ५१७ रहेको थियो भने २०८०।०८१ यसमा ५७ पोखरीको सख्या वृद्धि भइ एक हजार ५७४ रहेको छ । मत्स्यकार्प फर्म ,२०७९। ०८० मा २१५, २०८०।०८१ म २७३ वटा फर्म छन् । जिल्लाको विभिन्न स्थानीय तहका पाच मत्स्य समूह र एक सय ३१ कृषकहरुलाइ कुल पच्चीस लाख २८ हजार सिल्भर कार्प तथा रोहु, नैनीका भुरा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जनाएको छ । 

जिल्लामा नेपाल सरकारले तोकेको सात जातका माछा पालन गरिँदै आएको छ । जसमा रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर, वडगासी माछा छन् । नवलपुरको विशेषत कावासोती, देवचुली र मध्यविन्दुको तीन सय हेक्टर क्षेत्रफलमा व्यवसायिक कृषि उत्पादन केन्द्र माछा व्लक  कार्यक्रम अन्र्तगत नयाँ पोखरी निमार्ण गरि माछा पालन गरिएको छ । यस्तै, जिल्लाको कूमारवर्ती, कोल्हुवा, अग्यौलि, रजहर, पिठौली, प्रगतिनगर, धौवादी, आसपासका क्षेत्रमा व्यवसायिक रुपमा माछापालन गरिँदै आएको छ । वार्षिक २० करोड भन्दा बढिको माछा विक्री हुने गरेको नवलपुरबाट नारायणगढ ,काठमाडौं, बुटवल, मुख्य बजार रहेको बताइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE