Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नवलपुरमा माछापालनबाट वार्षिक २० करोडको आम्दानी

खबरडबली संवाददाता

कावासोती । नवलपुर माछापालनमा आत्मनिर्भर जिल्लाका रुपमा विकास हुँदै गएको छ । माछाका लागि वातावरण अनुकुल र कमाई पनि राम्रै हुने भएपछि नवलपुरका युवा अरु पेशा छाडेर माछापालनमा लागेका छन् । 

नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनको लागि उत्कृष्ट प्रमाणित गरेपछि अहिले व्यावसायिक माछापालन गर्ने क्षेत्र समेत वर्षेनी बढ्दो रुपमा रहेको छ । नवलपुर मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष इन्द्रमणी भुसालले जिल्लामा माछापालन व्यवसायबाट एक हजार किसानहरु लाभन्वित भएको बताए । उनले भने, “ देवचुली १३ मा विगत १९ वर्षदेखि माछा पालन र्फम दर्तागरि एक विघामा व्यवसायिक माछा पालन गर्दै आएको छु । वार्षिक रुपमा बाह्र लाख आम्दानी हुने गरेको छ । जसमध्ये पाँच लाख बचत हुने गरेको छ ।” 

व्यवस्थित तरिकाले माछा पालन गर्ने हो भने एक विघामा १५ देखि २० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । यहाँका किसानहरुले अहिले यो पेशालाई आम्दानीको मुख्य श्रोत बनाउन सफल हुनुमा आफ्नो पौरख र परिश्रमलाई मुख्य कर्म ठानेका छन्, भुसालले बताए । 

देवचुली नगरपालिका १३ की निर्मला दाहाल पनि माछापालनबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउँछिन् । यो व्यवसायबाट राम्रो आम्दानी भएकाले स्वदेशमा नै खुसी भएको बताउँछिन । कावासोती १३ का कृषक कृष्ण पाण्डेले गण्डकी प्रदेशमै अग्रणी जिल्लाका रुपमा रहेको नवलपुरमा कृषकलाई दिने ज्ञान र अनुुदानले किसानहरुलाई थप टेवा भएको बताए । तीन बर्ष अघिसम्म माछापालन गर्ने कृषकहरुले माछा विक्रीको लागि बजारको राम्रो व्यवस्था, प्राविधिक तालिम नहुदा समस्या भएपनि अहिले सबै भएको उनले बताए । 

जिल्लामा पछिल्लो तीन वर्षमा मत्स्य उत्पादनमा वृद्धि भएको छ । मत्स्य पालन व्यवसाय तुलनात्मक रुपमा व्यवस्थापन गर्न सजिलो भएको र कृषकहरुले राम्रो आयआर्जन गरिरहेको हुनाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको छ । नवलपुरका मत्यविकास अधिकृत सन्दिप लामिछानेले जिल्लामा गत आर्थिक वर्ष २०७८।७९ मा ९३३ मेट्रिक टन, २०७९।८० मा ९६८ मेट्रिक टन माछा उत्पादन भएको थियो । २०८०।०८१ मा ९८१ मेट्रिक टन माछा उत्पादन भएको छ । अहिले १३ मेट्रिक टन माछा उत्पादनमा वृद्धि भएको अधिकृत लामिछानेले बताए । 

आर्थिक वर्ष २०७९। ०८०मा पोखरीको सङ्ख्या एक हजार ५१७ रहेको थियो भने २०८०।०८१ यसमा ५७ पोखरीको सख्या वृद्धि भइ एक हजार ५७४ रहेको छ । मत्स्यकार्प फर्म ,२०७९। ०८० मा २१५, २०८०।०८१ म २७३ वटा फर्म छन् । जिल्लाको विभिन्न स्थानीय तहका पाच मत्स्य समूह र एक सय ३१ कृषकहरुलाइ कुल पच्चीस लाख २८ हजार सिल्भर कार्प तथा रोहु, नैनीका भुरा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जनाएको छ । 

जिल्लामा नेपाल सरकारले तोकेको सात जातका माछा पालन गरिँदै आएको छ । जसमा रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर, वडगासी माछा छन् । नवलपुरको विशेषत कावासोती, देवचुली र मध्यविन्दुको तीन सय हेक्टर क्षेत्रफलमा व्यवसायिक कृषि उत्पादन केन्द्र माछा व्लक  कार्यक्रम अन्र्तगत नयाँ पोखरी निमार्ण गरि माछा पालन गरिएको छ । यस्तै, जिल्लाको कूमारवर्ती, कोल्हुवा, अग्यौलि, रजहर, पिठौली, प्रगतिनगर, धौवादी, आसपासका क्षेत्रमा व्यवसायिक रुपमा माछापालन गरिँदै आएको छ । वार्षिक २० करोड भन्दा बढिको माछा विक्री हुने गरेको नवलपुरबाट नारायणगढ ,काठमाडौं, बुटवल, मुख्य बजार रहेको बताइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending