Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

बाँके निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

खबरडबली संवाददाता

बाँके । बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् ।

गत आर्थिक वर्षमा चार सय ४४ पर्यटक भित्रिएका निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये चार जना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन् । आर्थिक वर्ष २०७९/८० मा तीन सय १७ पर्यटक  आएका जनाउँदै अघिल्लो आवको तुलनामा गत आवमा एक सय २७ बढी पर्यटक भित्रिएका शाहले बताए । 

पर्यटक प्रवेश शुल्कबाट निकुञ्जले गत आवमा एक लाख ८३ हजार तीन सय ३३ राजस्व सङ्कलन गरेको छ । निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेका संरक्षण अधिकृत शाहले जानकारी दिए । “बाँके राष्ट्रिय निकुञ्जमा स्थापना भएपछि हालसम्म दुई हजार ५२ पर्यटक भित्रिएका छन् । जसमध्ये सार्क मुलुकका १७ र ३८ जना अन्य विदेशी पर्यटक छन् । निकुञ्जमा सबैभन्दा धेरै गत आवमा पर्यटक भित्रिएका हुन्”, संरक्षण अधिकृत शाहले भने । 

बाँके, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व-पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्न, निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनको भनाइ छ । वि.सं.२०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज मूलतः पाटेबाघको वासस्थानका रूपमा चिनिन्छ । हाल निकुञ्जमा २१ वटा बाघ छन् । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा निकुञ्ज छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । 

स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका प्रमुख वरिष्ठ संरक्षण अधिकृत शाहले बताए । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेको उनको बुझाइ छ । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास गर्न थालिएको होटल व्यवसायी महासङ्घ लुम्बिनीका संस्थापक अध्यक्ष भाष्कर काफ्लेले बताए । 

“कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउने भएकाले यो निकुञ्ज पर्यटकको ट्रान्जिट प्वाइन्ट हुँदैछ”, उनले भने, “पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएकाले पर्यटकको चहलपहल पनि बढेको छ ।” मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेञ्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्ण चौधरीले बताए । 

आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्त्व बढ्दै गएको उनको अनुभव छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँ गाउँ होमस्टे सञ्चालित छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending