Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुने

खबरडबली संवाददाता

पाटन । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुनेछ ।  रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आइतबार भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए । 

ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ । प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै  ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन् । 

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । “भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने चलन छ”, आचार्यले भने ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो । करिब एक हजार ६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ ।

यसरी सुरु भयो भोटोजात्रा

मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले बहुमूल्य गहना र हीराजडित भोटो पाएको किंवदन्ती छ । यसरी उपहारस्वरूप किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले । 

खोजी गरेर कहीँकतै नपाएका ती किसानले रातो मच्छिन्द्रनाथको जात्रामा आउँदा एक राक्षसले लगाएको देखेर ‘यो भोटो मेरो हो’ भनेर दाबी गरेको किंवदन्ती छ, यसरी दाबी गर्दा दुईजनाबिच व्यापक विवाद हुनपुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् । 

सो विवाद राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रूपमा मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती छ ।  

सोहीअनुसार हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा ‘यो भोटो कसको हो ?’ भनी देखाउने जात्रा सुरु भएको थियो । सोहीअनुसार कसैले पनि दाबी गर्न नआएपछि प्रत्येक वर्ष भोटो देखाइने प्रचलन छ ।

भोटोजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीगण संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू आइतबार अपराह्न जावलाखेल पुग्ने कार्यक्रम छ ।

सोका लागि सम्पूर्ण तयारी पूरा भइसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । भोटो जात्राको अवलोकनपछि राष्ट्रपतिले जीवित देवी कुमारीको दर्शन गर्ने परम्परा छ ।

भोटो देखाउने कार्यको समन्वय गुठी संस्थान र सरसफाइदेखि मञ्च सजावटलगायत कार्य ललितपुर महानगरपालिकाले गर्ने संस्थानका प्रमुख आचार्यले बताए । भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ । मीननाथको रथ तानेर ललितपुरको टङ्गलमा पुर्याइनेछ ।

काठमाडौं उपत्यकामा अनावृष्टि भएपनि गुरुजु बन्धुदत्त आचार्य सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरुपकामाक्षा (आसाम)बाट मच्छिन्द्रनाथ काठमाडौंमा ल्याइएको इतिहास छ । संस्कृतिको अध्ययन गर्दै आएका राजेश बज्राचार्यका अनुसार सन् ६ सय ४४ देखि ६ सय ८० बीचमा रथजात्राको परम्पराको थालनी भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending