Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुने

खबरडबली संवाददाता

पाटन । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुनेछ ।  रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आइतबार भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए । 

ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ । प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै  ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन् । 

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । “भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने चलन छ”, आचार्यले भने ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो । करिब एक हजार ६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ ।

यसरी सुरु भयो भोटोजात्रा

मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले बहुमूल्य गहना र हीराजडित भोटो पाएको किंवदन्ती छ । यसरी उपहारस्वरूप किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले । 

खोजी गरेर कहीँकतै नपाएका ती किसानले रातो मच्छिन्द्रनाथको जात्रामा आउँदा एक राक्षसले लगाएको देखेर ‘यो भोटो मेरो हो’ भनेर दाबी गरेको किंवदन्ती छ, यसरी दाबी गर्दा दुईजनाबिच व्यापक विवाद हुनपुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् । 

सो विवाद राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रूपमा मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती छ ।  

सोहीअनुसार हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा ‘यो भोटो कसको हो ?’ भनी देखाउने जात्रा सुरु भएको थियो । सोहीअनुसार कसैले पनि दाबी गर्न नआएपछि प्रत्येक वर्ष भोटो देखाइने प्रचलन छ ।

भोटोजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीगण संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू आइतबार अपराह्न जावलाखेल पुग्ने कार्यक्रम छ ।

सोका लागि सम्पूर्ण तयारी पूरा भइसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । भोटो जात्राको अवलोकनपछि राष्ट्रपतिले जीवित देवी कुमारीको दर्शन गर्ने परम्परा छ ।

भोटो देखाउने कार्यको समन्वय गुठी संस्थान र सरसफाइदेखि मञ्च सजावटलगायत कार्य ललितपुर महानगरपालिकाले गर्ने संस्थानका प्रमुख आचार्यले बताए । भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ । मीननाथको रथ तानेर ललितपुरको टङ्गलमा पुर्याइनेछ ।

काठमाडौं उपत्यकामा अनावृष्टि भएपनि गुरुजु बन्धुदत्त आचार्य सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरुपकामाक्षा (आसाम)बाट मच्छिन्द्रनाथ काठमाडौंमा ल्याइएको इतिहास छ । संस्कृतिको अध्ययन गर्दै आएका राजेश बज्राचार्यका अनुसार सन् ६ सय ४४ देखि ६ सय ८० बीचमा रथजात्राको परम्पराको थालनी भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

युरोपेली सङ्घका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान

लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...

इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु

पेरिस । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकार...

जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी

इन्डोनेसिया । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय ...

चेलिबेटी बेचबिखनमा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडाैं । चेलिबेटी बेचबिखनमा २० वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज नगरपालिका १९ का ४५ वर्षीय सुरेश प्रसाद कलवारलाई प्रहर...

नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौं विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककार...

आगामी मंसिर २६ गते नेकपा उदयपुरकाे एकता सन्देशसभा

उदयपुर । विभिन्न बामपंथी शक्तिहरुकाे एकताबाट बनेकाे नेपाली कम्युनिस्ट पार्टी उदयपुरकाे एकता सन्देशसभा आगामी मंसिर २६ गते आयाेजना हुने भएकाे छ । नेप...

उदयपुरमा दोस्रो दनुवारी खाना–परिकार सांस्कृतिक उत्सव मंसिर २५ देखि २७ गतेसम्म

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित बैरेनीचौरमा यस वर्ष राष्ट्रिय न्वागी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव तीन...

नवलपुरकाे सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते

नवलपुर । नवलपुरको देबचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् ।  सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending