Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको शेयर कार्ल्सबर्ग ग्रुपले किन्ने सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । कार्ल्सबर्ग ग्रुपले, कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडबाट ३३.३३ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको छ । कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेड, कार्ल्सबर्ग इन्डिया प्रालि र नेपालमा रहेको गोर्खा ब्रुअरीको होल्डिङ कम्पनी हो । यस सम्झौता बमोजिम, कार्ल्सबर्ग ग्रुपले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गर्नेछ । 

प्रस्तावित कारोबारको सम्झौता समाप्ति पश्चात कार्ल्सबर्गले भारतमा रहेको सम्पूर्ण ब्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्नेछ तथा  कार्ल्सबर्ग साउथ एसियाको सेयर स्वामित्व मार्फत नेपालमा रहेको गोर्खा ब्रुअरीको ९९.९४ प्रतिशत सेयर स्वामित्व पनि प्राप्त गर्नेछ । प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४४ मिलियन अमेरिकी डलर रहेको छ ।

कारोबारको ७४४ मिलियन अमेरिकी डलर मध्ये २०७ मिलियन अमेरिकी डलर रकम हालका लागि कार्ल्सबर्गसँग रहनेछ । जुन रकम खरिद बिक्री सम्झौताको अधिनमा रहेर आउन सक्ने दाबीको भुक्तानी गरी बाँकी रहेको रकम आगामी ३ देखि ५ वर्षभित्र हस्तान्तरण गरिसक्ने छ ।

प्रस्तावित कारोबारहरु सन् २०२४ को अन्तिम त्रैमाससम्ममा सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ । प्रस्तावित कारोबार हुनका लागि दुई पक्षबीच केही विशेष सर्तहरु पूरा हुनुपर्ने गरी सम्झौता भएको छ । यो सम्झौता सम्बन्धि सर्तहरु पूरा गर्नुका साथै नेपालमा कारोबार हुँदा पालना गर्नुपर्ने सरकारी स्वीकृतिका आवश्यक विषयहरु पनि यसमा समावेश छन् । प्रस्तावित कारोबारहरूलाई भारतको प्रतिस्पर्धा आयोगले अनुमती दिइसकेको हुनाले कुनै पनि अन्य नियामक 'एन्टीट्रस्ट अथोरिटी' को आधार यस कारोबारमा समावेश हुने छैन । 

कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयरहोल्डिङ को खरिदले  कार्ल्सबर्ग साउथ एसिया र  कार्ल्सबर्ग इन्डिया प्रालि पहिलेदेखि नै पूर्णतया एकिकृत भएका कारण कार्ल्सबर्ग ग्रुपको लेखामा कुनै पनि प्रभाव नपार्ने बताइएको छ । कार्ल्सबर्ग साउथ एसियाको सेयरहोल्डिङ मार्फत् नेपालमा गोर्खा ब्रुअरीमा रहेको व्यवसाय हाल नियन्त्रणको अभावका कारण कार्ल्सबर्ग ग्रुपको खातामा सम्बद्ध कम्पनीको रूपमा बर्गिकरण गरिएको छ । तर कार्ल्सबर्ग साउथ एसियाले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गरेपछि पूर्ण रूपमा एकिकृत हुनेछ । 

यो सम्झौता बारे कार्ल्सबर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जाकोब आरुप एन्डरसन भनेका छन्- 'हामी हाम्रा साझेदारसँग मैत्रीपूर्ण सम्झौतामा पुग्न सक्षम भएकोमा र दुईवटा महत्वपूर्ण एसियाली व्यवसायहरुमा पूर्ण नियन्त्रण हासिल गर्न सकेकोमा असाध्यै खुशी छौं । भारतमा व्यापार बिस्तार गर्नु हाम्रो कम्पनीको 'एक्सलेरेट सेल स्ट्राटेजीको प्रमुख प्राथमिकता हो । हामी यस रोमाञ्चक बियर बजारमा दीर्घकालीन वृद्धिका अवसरहरु हासिल गर्न लगानीलाई तीब्र रुपमा बढाउनेछौं ।'

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE