चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ । कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिए ।
बिलबिजक अनुसन्धानको क्रममा आयकरतर्फ ७१ करोड ८३ लाख ९९ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३२ करोड ९८ लाख २५ हजार कर निर्धारण गरिएको छ । यहाँ रहेका कवाडी व्यवसायी, हार्डवेयर, किचनका सामग्री बिक्री गर्ने पसल र कपडा पसलको दुईदेखि तीन आर्थिक वर्षसम्मको विवरण अनुसन्धान गर्दा यस्तो भेटिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै नक्कली भ्याट बिल बनाउनेमा कवाडी व्यवसायी रहेका छन् ।
यस्तै, कार्यालयले गत वर्ष दुई सय २७ पटक बजार अनुगमन गरी सात करोड ५१ लाख जरिवाना असुल गरेको छ । कार्यालयमा दर्ता भएका व्यावसायिक फर्ममध्ये पाँच सय ६९ वटाको लेखा नम्बर बन्द गरिएको छ । यहाँ दुई हजार छ सय १७ जनाले लेखा नम्बर बन्द गराउन निवेदन दिएका थिए । भट्टराई भने, “लेखा नम्बर बन्द गर्नका लागि दिएका निवेदनको राजश्व बाँकी रहेको नरहेको हेरेर मात्र काम गर्न सकिने हुँदा कम संख्यामा करदाताको लेखा नम्बर बन्द गरिएको हो ।” गत आर्थिक वर्षमा तीन हजार सात सय ५६ जना व्यवसायीले नयाँ व्यावसायिक लेखा नम्बर लिएका छन् । यस कार्यालयमा हाल व्यावसायिक लेखा नम्बर लिनेको सङ्ख्या ५७ हजार नौ सय १९ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: