ताप्लेजुङ । जिल्ला विपत् व्यवस्थापन समिति ताप्लेजुङले चालू आर्थिक वर्ष २०८१/८२ को विपत् प्रतिकार्य योजना पारित गरेको छ । समितिको शुक्रबार बसेको बैठकले मनसुन, आगलागी, चट्याङ, महामारी र आँधीसहितको विपत् प्रतिकार्य योजना पारित गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले चालू आवको विपत् प्रतिकार्य योजना पारित गरेको समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । प्रजिअ आचार्यकाअनुसार गत चैत १६ गते बसेको समितिको बैठकको निर्णयपछि वितरण गरिएको विपत् राहत रकमसमेत शुक्रबारको बैठकले अनुमोदन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार विपत् प्रभावित ३७ परिवारलाई राहतबापत १० लाख ५५ हजार रुपियाँ रकम वितरण गरिएको थियो । बाढीपहिरो पीडित २६ परिवार, आगलागी पीडित १० र हावाहुरीका कारण पीडित भएका एकसमेत ३७ परिवारलाई उक्त राहत रकम वितरण गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।
उनकाअनुसार पाँच जनासम्म सदस्य सङ्ख्या भएका पीडित परिवारलाई प्रतिपरिवार १५ हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको थियो । यस्तै पाँचजना भन्दा माथि सदस्य भएका परिवारलाई प्रतिपरिवार २० हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको थियो । त्यस्तै विपत् व्यवस्थापन समितिले सिरिजङ्घा गाउँपालिकाका विपत् प्रभावित अर्थात लाभग्राही ६२ परिवारका लागि वितरण भएको रकम पनि बैठकले अनुमोदन गरेको छ ।
पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकारबाट प्राप्त भएको सम्झौताअनुसार ३० प्रतिशत प्रथम किस्ताबापत प्रतिपरिवार १५ हजार रुपियाँका दरले वितरण गरिएको नौ लाख ३० हजार रुपियाँ रकम बैठकले अनुमोदन गरेको छ। यस्तै मनसुनजन्य विपत् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ अनुसार समितिबाट सिफारिस भएका लाभग्राहीलाई दोस्रो किस्ताबापत वितरण भएको रकम पनि अनुमोदन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...
पौष १२ गते, २०८२ - १८:१३
हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...




प्रतिकृया लेख्नुहोस्: