Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सुखिपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले नै गरे मजदुरहरुको श्रमशोषण

खबरडबली संवाददाता

सिरहा । सिरहाको एक पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नै नगरपालिकामा मजदुरी गराएर श्रम शोषण गरेको छ । जिल्लाको सुखिपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरुलाई काम गराएर तोकेको पारिश्रमिक नदिएर श्रमशाृषण गरेको हो ।

स्थानीय मजदुरहरुले मजदुरी नपाएको भन्दै विगत पाँच दिनदेखि नगरपालिकाको मूख्य गेटमै तालावन्दी गरेर धर्नामा बसेका छन् । दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने सम्झौता अनुसार तीन महिना काम गराएपनि आफूहरुले तोकेका पारीश्रमीक नपाएको सुखिपुर ६ का मजदुर सैदि सदायले बताए । उनी जस्तै सुखिपुर ६ कै रेखादेवि रामले पनि पारिश्रमीक पाएका छैनन् । वडा नम्वर १० का गनिता मोचि र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारीश्रमिक नपाएको बताए ।

सुखिपुर ६ का मजदुर सैदि सदायले आफूहरुलाई दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने भनेर तीन महिना काम गराए अहिले खातामा १० हजार ६ रुपैयाँमात्र हालेको बताए । उनले भने, ‘हामीलाई पहिला तिमीहरु काम गर, सवै पैसा एकैपटक  खातामा जान्छ  भने, पछि खातामा रकम गईसकको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाई रकम पनि छैन ।’

नगपालिकामा गुनासो गर्न आउँदा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको बताए । उनीहरुले आफूहरु श्रम शोषणमा परेकाले सरोकारबाला सवैलाई सहयोग गर्न समेत अपील गरे । उनीहरुले वडा नम्वर ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेको छ । लामो समयदेखि कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित भएको छ । यस प्रति सम्वन्धित व्यक्तिहरुको ध्यान गएको छैन ।

वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले प्रधानमन्त्री स्वरोजगार अधिकारीले कामको लागि मजदुर माँगे पछि पठाएको बताए । वडा अध्यक्ष साहले पहिला दैनिक ज्यालादारी दिने भनेपनि अहिले आएर नाप–जाँचको आधारमा रकम दिएको भन्दै कर्मचारीहरु पन्छिने गरेको आरोप लगाए । वडा अध्यक्ष साहले मजदुरहरुले तत्काल तोकिएको सुविधा पाउनु पर्ने र कार्यालय सूचारु गर्न नेतृत्वले पहल गर्ने पर्ने बताए ।

तालाबन्दिका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत यसप्रति उदासीन रहँदै आएको छ । तालाबन्दी भएको पाँच दिन वितिसक्दा पनि नगरपालिकाको तर्फबाट मजदुरहरुको दुखेसो सुनिएको छैन । सुखिपुर नगरपालिकाका मेयर राम औतार यादवलाई तपाईको कार्यालयमा तलाबन्दी गरेको रहेछ, कसले किन तालाबन्दी गरेको हो? भनी फोनबाट प्रश्न गर्दा उनले आफू अहिले बाहिर रहेको भन्दै फोन काटी दिए ।

यस विषयमा जान्न प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुरको कार्यालयको नम्वर ९८५२८२९१११ म फोन गर्दा फोन स्वीच अफ रहेको थियो । सम्वन्धित सरोकारबाला शाखाका स्वरोजगार अधिकारी अन्जिरा साहको पनि फोन उठेन ।

सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरुले पारीश्रमिक विवादका कारण तालाबन्दी गरेकाले आफू अहिले घरमै रहेको बताए । उनले भने, ‘विहान एक पटक कार्यालय गएको थिएँ, तालावन्दीका कारण फर्कीएर आएँ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending