सिरहा । सिरहाको एक पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नै नगरपालिकामा मजदुरी गराएर श्रम शोषण गरेको छ । जिल्लाको सुखिपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरुलाई काम गराएर तोकेको पारिश्रमिक नदिएर श्रमशाृषण गरेको हो ।
स्थानीय मजदुरहरुले मजदुरी नपाएको भन्दै विगत पाँच दिनदेखि नगरपालिकाको मूख्य गेटमै तालावन्दी गरेर धर्नामा बसेका छन् । दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने सम्झौता अनुसार तीन महिना काम गराएपनि आफूहरुले तोकेका पारीश्रमीक नपाएको सुखिपुर ६ का मजदुर सैदि सदायले बताए । उनी जस्तै सुखिपुर ६ कै रेखादेवि रामले पनि पारिश्रमीक पाएका छैनन् । वडा नम्वर १० का गनिता मोचि र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारीश्रमिक नपाएको बताए ।
सुखिपुर ६ का मजदुर सैदि सदायले आफूहरुलाई दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने भनेर तीन महिना काम गराए अहिले खातामा १० हजार ६ रुपैयाँमात्र हालेको बताए । उनले भने, ‘हामीलाई पहिला तिमीहरु काम गर, सवै पैसा एकैपटक खातामा जान्छ भने, पछि खातामा रकम गईसकको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाई रकम पनि छैन ।’
नगपालिकामा गुनासो गर्न आउँदा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको बताए । उनीहरुले आफूहरु श्रम शोषणमा परेकाले सरोकारबाला सवैलाई सहयोग गर्न समेत अपील गरे । उनीहरुले वडा नम्वर ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेको छ । लामो समयदेखि कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित भएको छ । यस प्रति सम्वन्धित व्यक्तिहरुको ध्यान गएको छैन ।
वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले प्रधानमन्त्री स्वरोजगार अधिकारीले कामको लागि मजदुर माँगे पछि पठाएको बताए । वडा अध्यक्ष साहले पहिला दैनिक ज्यालादारी दिने भनेपनि अहिले आएर नाप–जाँचको आधारमा रकम दिएको भन्दै कर्मचारीहरु पन्छिने गरेको आरोप लगाए । वडा अध्यक्ष साहले मजदुरहरुले तत्काल तोकिएको सुविधा पाउनु पर्ने र कार्यालय सूचारु गर्न नेतृत्वले पहल गर्ने पर्ने बताए ।
तालाबन्दिका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत यसप्रति उदासीन रहँदै आएको छ । तालाबन्दी भएको पाँच दिन वितिसक्दा पनि नगरपालिकाको तर्फबाट मजदुरहरुको दुखेसो सुनिएको छैन । सुखिपुर नगरपालिकाका मेयर राम औतार यादवलाई तपाईको कार्यालयमा तलाबन्दी गरेको रहेछ, कसले किन तालाबन्दी गरेको हो? भनी फोनबाट प्रश्न गर्दा उनले आफू अहिले बाहिर रहेको भन्दै फोन काटी दिए ।
यस विषयमा जान्न प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुरको कार्यालयको नम्वर ९८५२८२९१११ म फोन गर्दा फोन स्वीच अफ रहेको थियो । सम्वन्धित सरोकारबाला शाखाका स्वरोजगार अधिकारी अन्जिरा साहको पनि फोन उठेन ।
सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरुले पारीश्रमिक विवादका कारण तालाबन्दी गरेकाले आफू अहिले घरमै रहेको बताए । उनले भने, ‘विहान एक पटक कार्यालय गएको थिएँ, तालावन्दीका कारण फर्कीएर आएँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: