रौतहट । पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले पत्रकार फणि महतको उपचारमा सहयोग गर्न सरकार संग आग्रह गरेका छन । उनले जीवन र मृत्युको दोसाँधमा जुधिरहेका पत्रकार फणि महतको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिरहेका महतलाई यतिवेला पुनः सोही समस्या बल्झिएको छ । उनले केही समयअघि चिकित्सकको सुझावअनुसार भारतको नयाँ दिल्ली गएरपनि उपचार गराएका थिए । तर, गम्भीर आर्थिक अभावको कारण उपचारमा बाधा सिर्जना भएको छ ।
लामो समय पत्रकारितामार्फत आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै देश र जनताको हितको लागि निर्भिक रही सधैं सही र तथ्यपरक सूचना सम्प्रेषण गरेर महत्वपूर्ण योगदान दिनुभएको निष्ठावान पत्रकार महतको उपचारमा वर्तमान सरकारले विशेष पहल लिएर आर्थिक सहयोग प्रदान गरोस अध्यक्ष साहले माग गरेका छन् ।
सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङमार्फत महतको उपचारको लागि तत्काल सहयोग राशि घोषणा गर्न पूर्व मन्त्री साहले सरकारसमक्ष माग गरेका छन् । साथै, सहयोगी मनलाई उनको उपचारमा सहयोग गरिदिनुहुन हृदयदेखि नै अपिल गर्दछु उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।
पत्रकार फणि महत अनपुर्ण पोस्ट दैनिकको रौतहट सम्बादाता तथा चन्द्रनिगापुरबाट संचालित रेडियो सुप्रीमका अध्यक्ष हुन् । उनी नेकपा एमाले निकट प्रेस चौतारीका मधेश प्रदेशका अध्यक्ष पनि हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: