रौतहट । रौतहट स्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले पछिल्लो ४ दिन भित्र तीन थान चोरीको मोटरसाईकल र एकजना मोटरसाईकल चोरलाई पक्राउ गरेको छ ।
केही दिन अघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी लिएका डिएसपी राजकुमार राईको निर्देशनमा बिशेष अभियान अन्तर्गत छुट्टाछुट्टै स्थानबाट चोरीको ३ थान मोटरसाईकल र एकजनाचोर लाई पक्राउ गरेको हो ।
चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २४ बर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २ ( ०२८ प ७८३४ नम्बरको बाजाज कम्पनीको २०० सिसिको एनएस मोटरसाईकल गत ११ गते राती उनको घरैबाट चोरी भएको थियो ।
चोरीको भोलिपल्ट सरिफले दिएको निवेदनको आधारमा डिएसपी राईको निर्देशन अनुसार मोटरसाईकलको इन्जिन नम्बर चेचिस नम्बर मिलान गरी मोटरसाईकल बरामद गरेको थियो ।मोटरसाईकलसँगै माधव नारायण नगरपालिका १ दिपही गाउँका रञ्जित जैसवालको छोरा बर्ष २७ को शिवचन्द्र प्रसाद जैसवाल लाई प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको छ ।
त्यस अघि चन्द्रपुर नगरपालिका ९ सिन्धुरेघारीका बर्ष ४२ को ज्ञानेन्द्र चौलागाईको नाममा रहेको प्रदेश २(०३(०१७ प. ९७४८ नम्बरको यामाहा कम्पनीको एफजेडएस १५० सिसि को मोटरसाइकल र सोही ठाउँका बर्ष ४० को सुबर्ण चौलागाईको नाममा रहेको प्रदेश २०३०१९ प५३२५ नम्बरको एभेन्जर २२० सिसिको मोटरसाइकल घर अगाडी आंगनमा एकै ठाउँमा पार्किंङ गरी राखेको अबस्थामा गत असार ३० गते विहान ४ बजे चोरी भएको थियो ।
पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले खोजतलास गर्दै गुजरा नगरपालिका २ कटानी स्थितमा रहेको नहर छेउको जंगलमा लुकाई छिपाई राखेको अबस्थामा फेला पारी सम्बन्धीत मोटरसाइकल धनीलाई बुझाईएको थियो । डिएसपी राजकुमार राईले आफ्नो कार्यक्षेत्र भित्र यौन ब्यापार, लागुऔषध कारोबार संगै आपराधिक क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: