Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

काठमाडौं, ललितपुर र कैलालीमा २० जनामा हैजा पुष्टि

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो । 

गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउनु पर्दछ । झिँगा लागेको, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्‍याउनुहुन साथै समुचित चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची मिची हात धुनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ ।’

मन्त्रालयका अनुसार हैजाका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन पर्दछन् । संक्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्‌कन अनियन्त्रित हुने र बेहोस हुन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मृत्युदर हुने गरेको जनाएको छ । 

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending