Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

झारखण्डमा रेल दुर्घटना दुई जनाको मृत्यु, २० घाइते

खबरडबली संवाददाता

नयाँदिल्ली। भारतको पूर्वी राज्य झारखण्डमा मङ्लबार रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेशन नजिकै भएको उनीहरुले बताएका छन् ।

“बडाबाम्बु नजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थलमा खटिरहेको छ र उद्धार कार्य जारी छ “, दुर्घटनास्थलमा रहेका पश्चिम सिंहभूमका उप–आयुक्त कुलदीप चौधरीले बताउनुभयो ।

अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ जाँदै गरेको थियो  ।

रेलवे अधिकारीहरूले राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्‍याएको जनाएका छन् । साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लगि बाँकी यात्राका लागि विशेष रेलको व्यवस्था गरिएको उनीहरुले बताएका छन् ।

अधिकारीहरूले रेलको लिकबाट खसेका १८ डिब्बामध्ये  १६ वटामा  यात्रु सवार रहेका, एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन् । 

हावडा–मुम्बई मेल एक्सप्रेसको रेल लिकबाट खसेपछि छेउमा रहेको मावाहक रेलसँग ठोक्किँदा  यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

यसैबिच, भारतीय रेलवेले यात्रुलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा ७४ अङ्कको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरा...

कांग्रेसले अनुशासन उल्लंघन गर्ने व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण माग्ने

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...

एमाले संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...

रवि लामिछाने तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...

प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...

प्रतिनिधिसभा सभामुख निर्वाचन चैत २२ गते हुने

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि आवश्यक तयारीको...

सानेपामा कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ। पार्टीभित्र दुई समूह शेरबहादुर देउवा र शेखर कोइराला पक्षबीच समानान्तर गतिविधि...

गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन गरेको छन् । मन्त्री गुरुङले बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलग...

पूर्व गृहमन्त्री लेखकको बयान सुरु

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक को बयान सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि उनको बयान लिइँदैछ। यसअघि जिल्ला अदालत काठमाडौंल...

अमेरिकाले नेपाल लागि भ्रमणमा सतर्कताको तह घटायो

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending