Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

भेनेजुएलाको राष्ट्रपतिमा मादुरो तेस्रो पटक विजयी, धाँधली गरेको आरोप

खबरडबली संवाददाता

काठमाडौँ । भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि सत्तामा फर्किएका छन् र उनी लगातार तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर, विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजामाथि प्रश्न उठाएका छन् । 

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार मतदान भएको थियो  । यस निर्वाचनमा करिब दुई करोड मतदाताले मतदान गरेका थिए ।

भेनेजुएलाको निर्वाचन आयोग, नेशनल इलेक्टोरल काउन्सिलका प्रमुख एल्विस अमोरोसोले निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गरेका थिए । जबकि विपक्षी नेता एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका छन् । 

आफ्नो जितका लागि ढुक्क रहेका विपक्षी नेताहरुले जितको दाबी गर्दै सामाजिक सञ्जालमा जितको खुसी मनाउन थालेका थिए । एक्जिट पोलको नतिजाले पनि गोन्जालेजलाई ठूलो मतान्तरले जितेको देखाएको थियो तर, नतिजा आएसँगै विपक्षीहरु अचम्ममा परेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

वर्तमान राष्ट्रपति निकोलस मादुरोले यस चुनावमा संयुक्त विपक्षीबाट कडा चुनौती सामना गर्नुपरेको थियो । विपक्षी दलले चुनावी प्रचारका क्रममा विगत एक दशकदेखि चलिरहेको आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । भेनेजुएलामा आर्थिक संकटका कारण करिब ७० लाख मानिस देश छोडेर अन्य देशमा बसोबास गरेका छन् । ७४ वर्षीय एडमन्डो गोन्जालेज युरेसियाको नेतृत्वमा रहेको विपक्षीले मदुरोविरुद्ध चुनाव लडेका थिए । तर, उनले विगत ११ वर्षदेखि सत्तामा रहेका निकोलस मदुरोलाई सत्ताबाट हटाउन भने सकेनन् ।

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मादुरोले भने, 'परिणामपछि विपक्षीहरूले फेरि चुनावी धाँधलीको नारा लगाउन थालेका छन् । हामीले यो फिल्म धेरै पटक हेरेका छौं ।'

मादुरोले अगाडी भने, ‘म २० वर्षअघि राजनीतिमा आएको थिएँ, त्यतिबेला तपाईंहरूमध्ये धेरैको जन्म पनि भएको थिएन र त्यसबेलादेखि उनीहरूले मलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । तिनीहरू (विपक्षीहरू) सबै खराब अनुहार भएका मानिसहरू हुन् र यहाँ भएका तपाईंहरू (समर्थकहरू) बुद्धिमान् र अद्भुत मानिसहरू हुनुहुन्छ । 

अमेरिकी सरकारले भेनेजुएलाको चुनावी नतिजाप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको चुनावी नतिजालाई लिएर अमेरिका चिन्तित रहेको बताएका छन् । ब्लिन्केनले भने, 'परिणाममा निकोलस मादुरोलाई विजयी घोषणा गरिएको छ, तर यी निर्वाचन परिणामहरू सही नभएकोमा हामी चिन्तित छौं। घोषित निर्वाचन परिणामले भेनेजुएलाका जनताको इच्छालाई प्रतिबिम्बित गर्दैन ।'

भेनेजुएलामा विपक्षीले चुनावी नतिजामा धाँधली भएको गम्भीर आरोप लगाएका छन् । एक्जिट पोलको नतिजामा विपक्षी दलले बहुमत ल्याउने दाबी गरेपछि विपक्षी नेता र उनका समर्थकले जितको खुसी मनाउन थाले पनि अहिले चुनावी नतिजा आएपछि उनीहरुलाई ठूलो झट्का लागेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवराज सफल पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति, गालीगलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौ...

सर्लाहीमा मत माग्न मात्र होइन, दीर्घकालीन सम्बन्ध गाँस्न आएको हुँ: गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल चुनावी मत माग्न नभई दीर्घकालीन सम्बन्ध गाँस्न आएको बताएका छन्। सर्लाही क्षेत...

वामदेव गौतमको दाबी– आगामी निर्वाचनमा नेकपाले बहुमत ल्याउँछ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्। मंगलबार काठमाडौ...

टेरामक्स खरिद प्रकरण : बस्नेतसहित १६ विरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सकिएको छ। मं...

कांग्रेसले भन्यो - निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीहरूबीच नै प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आय...

कांग्रेसले उम्मेदवार टुङ्ग्यायो: १६५ निर्वाचन क्षेत्रमध्य कांग्रेसको १०६ जना नयाँ अनुहार मैदानमा

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको जनाएको छ। यसपटक १०६ जना नयाँ उम्...

सरकार गठन र प्रतिनिधिसभा विघटनप्रति सर्वोच्च अदालत मौन रह्यो: कांग्रेस सांसद

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालत मौन रहेकोमा आलोचना गरेका छन्।...

बालेनलाई प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठुलो लगानी छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक...

नेप्से परिसूचक ४२ अंकले घट्यो, कारोबार भने उत्साहजनक

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लाग्दा पनि दिनभरि ३३३ कम्पनीका से...

मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु

मङ्गोलिया। मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending