Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

काभ्रेपलाञ्चोकमा सङ्घीय सरकारको ९३ प्रतिशत बजेट खर्च

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि काभ्रेपलाञ्चोक जिल्लामा विनियोजन गरेको कुल कुल बजेटमध्ये करिब ९३ प्रतिशत बजेट खर्च भएको छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका विभिन्न कार्यालयमा चालु र पूँजीगत गरी कुल १२ अर्ब ८३ करोड ७१ लाख छ हजार ५२४ रुपियाँ विनियोजन गरेको थियो ।

सङ्घीय सरकारले जिल्लामा विनियोजन गरेको बजेटमध्ये असार मसान्तसम्म ९२ दशमलव ४ प्रतिशत अर्थात् ११ अर्ब ८७ करोड सात लाख ३७ हजार ९६७ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सरकारले जिल्लामा चालुतर्फ १० अर्ब २१ करोड ८० लाख ३९ हजार ३१४ रुपियाँ विनियोजन गरेकोमा नौ अर्ब ४१ करोड ५७ लाख ८७ हजार ६३४ (९२ प्रतिशत) रुपियाँ खर्च भएको थियो । कोलेनिका काभ्रेपलाञ्चोकका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले गत आवमा सङ्घीय सरकारले जिल्लामा पूँजीगततर्फ दुई अर्ब ६१ करोड ९० लाख ६७ हजार २१० रुपियाँ विनियोजन गरेकोमा असार मसान्तसम्म ९३ दशमलव ७३ प्रतिशत अर्थात् दुई अर्ब ४५ करोड ४९ लाख ५० हजार ३३३ रुपियाँ खर्च भएको बताए । 

उनले सङ्घीय सरकारमार्फत जिल्लामा विनियोजन भएको पूँजीगत बजेटमध्ये सबैभन्दा बढी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिले ९७ दशमलव २५ प्रतिशत बजेट खर्च गरेको छ । प्रतिरक्षा विश्वविद्यालयका लागि ५५ करोड रुपियाँ बजेट विनियोजन भएकोमा ५३ करोड ४९ लाख चार हजार ५२० रुपियाँ बजेट खर्च भएको छ । यस्तैगरी सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले कुल पूँजीगत बजेटको ९४ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ ।

उक्त सडक आयोजनाका लागि एक अर्ब ८४ करोड सात लाख ७५ हजार बजेट विनियोजन भएकोमा एक अर्ब ७४ करोड सात लाख ९६ हजार ९५० रुपियाँ खर्च, काभ्रेपलाञ्चोक जिल्ला अदालतका लागि पूँजीगततर्फ ४५ लाख विनियोजन भएकोमा ६५ प्रतिशत अर्थात् २९ करोड ३९ लाख ५२८ रुपियाँ खर्च भएको छ । 

त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयका लागि पूँजीगततर्फ ५३ लाख ३० हजार बजेट विनियोजन भएकोमा ६४ दशमलव ६ प्रतिशत अर्थात् ३४ लाख ४६ हजार ३९९ रुपियाँ खर्च भएको कोलेनिका काभ्रेपलाञ्चोकले जनाएको छ । सङ्घीय सरकारले जिल्लामा रहेका १३ वटा स्थानीय तहसहित कूल ५३ वटा कार्यालयका लागि बजेट विनियोजन गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending