Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रतिनिधि सभा शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यले विभिन्न विषयमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सडक दुर्घटना र हवाई दुर्घटनामा निधन हुनेप्रति सरकारले विभेद गरेको बताइन । उनले सिमलतालमा बस दुर्घटना हुँदा मन्त्रिपरिषद्‍मा शोक प्रस्ताव पारित नगरिएको तर हवाई दुर्घटना हुँदा शोक प्रस्ताव पारित गरी राष्ट्रिय झण्डा झुकाइएको भन्दै यसप्रति सरकारसँग जवाफ माग गरिन । 

प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले देशमा नीति, ऐन, कानुन धेरै भएपनि कार्यान्वयनमा कमी भएको बताइन । उनले राज्यको तल्लो निकायदेखि माथिल्लो निकायसम्म जहाँ जाँदा पनि ऐन, कानुन बाझिएको कुरा आउने भन्दै यसले नागरिकहरू समस्यामा परेका बताइन । 

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आजसम्म संसदमा कुरा उठाइएका चर्चित भ्रष्टाचार काण्डको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरे । प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले नेपालीलाई भुटानी शरणार्थीलाई मन्त्री बनाइएको बताए । त्यस्तै स्काउटको जग्गा हडप्ने र लुम्बिनी प्रदेशमा हत्या आरोपीलाई मन्त्री बनाइएको भन्दै सरकार कुशासनको जगमा उभिएको बताए । 

प्रतिनिधि सभा सदस्य असीम साहले जहाज दुर्घटनासँगै प्राधिकरण, मानवीय समवेदना र मिडिया समेत घाइते भएका टिप्पणी गरे । उनले यस अगाडिका कयौँ दुर्घटनाहरूबाट सरकारले पाठ नसिकेको भन्दै सरकारको सोच पनि घाइते भएको बताए । 

प्रतिनिधि सभा सदस्य कालुराम राईले सडकपेटी खुला राख्नु अपाङ्गता भएका व्यक्तिको ज्यान जाने धराप थाप्नु भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सडकपेटीमा रेलिङ बनाउने, र्‍याम्प राख्ने तथा गाइडिङ ब्लक राखी अपाङ्गता पहुँचयुक्त सडक बनाउन माग गरे । 

प्रतिनिधि सभा सदस्यले आ–आफ्नो क्षेत्र तथा जिल्लाहरूमा प्राकृतिक प्रकोपका कारण घटनाहरू घटिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending