म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिख स्थित पर्यटकीय स्थल खोप्रा लेकमा चौँरी गाईको आलो रगत पिउने मेला चलेको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइमा अवस्थित खोप्रा लेकमा नाङ्गीगाउँ पाउद्धार संयुक्त चौरीपालक कृषक समूहको आयोजनामा साउन ११ गतेदेखि सञ्चालित आलो रगत पिउने मेलामा सर्वसाधारणको आकर्षण बढेको छ ।
शुक्रबारदेखि सञ्चालित मेलामा दैनिक करिब दुई सय गिलास आलो रगत बिक्री हुने गरेको वडा अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । उनका अनुसार सोही वडा शिखको लरेनी, खोप्रा लेक र बयलीखर्कमा हरेक वर्षको साउन र फागुन महिनामा चौँरी गाईको आलो रगत पिउने मेला लाग्छ । खोप्रा लेकमा मेला १५ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा हिमाली क्षेत्रको यार्सागुम्बा, जटामसी, निरमसी, पाँचऔले लगायतका जडीबुटी पाइने चरनमा चरेका चौँरीगाईको आलो रगत बिक्री हुन्छ । चौँरी गाईको आलो रगत पिएमा विभिन्न रोग निको हुनुका साथै शारीरिक स्फूर्ति बढ्ने विश्वासले खोप्रा लेक आएको घोडेपानीका रणबहादुर पुनले बताए ।
चौँरीको रगत पिएर परम्परागत विधिबाट उपचार गराएको हेर्नकै लागी चौँरी मेलामा पुग्नेहरूको सङ्ख्या पनि बढ्दो छ । स्थानीय शिखका गणेश गुरुङका अनुसार ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नी सम्बन्धी रोग निको हुनका साथै शारीरिक स्फूर्ति बढ्ने चौँरीको रगत पिउन म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौं लगायत ठाउँबाट खोप्रा लेक पुग्ने गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: