काठमाडौं । नुवाकोटका जनप्रतिनिधिले गङ्गटे-लब्दु-समुद्रटार-गोल्फुभञ्ज्याङ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई आज उनकै कार्यकक्ष सिंहदरबारमा भेटी नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नेतृत्वको जनप्रतिनिधिको समूहले स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रियामा अघि बढेको सडक यसअघिको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा रोकेको जानकारी गराएको हो ।
प्रतिनिधिमण्डलको कुरा सुनिसकेपछि मन्त्री दाहालले अर्को मन्त्रिपरिषद बैठकले निर्णय गर्ने गरी फाइल तयार पार्न मन्त्रालयका सचिव गोपाल सिग्देललाई निर्देशन दिए । मन्त्रीलाई ध्यानाकर्षण गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले आफू अर्थमन्त्री हुँदा स्रोत सुनिश्चित भएको उक्त सडकको काम सरकार परिवर्तन हुने बित्तिकै राजनीतिक पूर्वाग्रहका आधारमा ठेक्का प्रक्रिया रोकिँदा स्थानीयवासी निराश भएको बताए । ६७ किमी सडकको कालोपत्रका लागि एक अर्ब ३३ करोड स्रोत सुनिश्चित भइसकेको उनले जानकारी दिए ।
यो सडक कालोपत्र भएपछि नुवाकोटका चार पालिकासँगै सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिकाका सर्वसाधारणसमेत लाभान्वित हुने छन् । नुवाकोटका सूर्यगढी, लिखु, दुप्चेश्वर र तादी गाउँपालिकाका स्थानीयवासी सडकबाट लाभान्वित हुने छन् । दुप्चेश्वर मन्दिर जाने धार्मिक पर्यटकलाई सडकले सहज हुनेछ । तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ समुद्रटारबाट गोल्फु भञ्ज्याङसम्मको करिब २१ किमी सडक निकै अप्ठ्यारो रहेको बताउँछन ।
गङ्गटेबाट लब्दु हुँदै समुद्रटारसम्मको सडक यसअघि कालोपत्र भइसकेकाले सहज रहेको उनले बताए । यो सडकको समुद्रटारसम्म मध्यपहाडी लोकमार्ग जोडिन्छ । सडकको चौडाइ बिस्तार गरी नौ मिटरबाट १५ मिटर बनाउने तयारी गरिएको छ । प्रतिनिधिमण्डलमा लिखु गाउँपालिका अध्यक्ष ध्रुुव श्रेष्ठ, सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, दुप्चेश्वर गाउँपालिका-३ का वडाअध्यक्ष ध्रुव केसीलगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: