Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै एमालेको आपत्ति

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले सङ्घीय संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

राष्ट्रिय सभाका लागि नेकपा ९एमाले० संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले सरकारको यो कदम असंसदीय र अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभएको छ । नेता दाहालले संविधानले विशेष परिस्थिति र तत्काल केही नगरी नहुने अवस्थामा मात्र अध्यादेशको परिकल्पना गरेको उल्लेख गर्दै वर्तमान सरकारले सामान्य अवस्थामा पनि संसद्लाई उपेक्षा गरेको आरोप लगाए ।

एमालेले राष्ट्रपति कार्यालयलाई समेत अध्यादेश जारी नगर्न सामूहिक रूपमा आग्रह गरेको जानकारी दिँदै उनले यो राष्ट्रपतिमाथिको दबाब नभई संवैधानिक पद्धतिको रक्षाका लागि गरिएको अनुरोध भएको स्पष्ट पारे। सरकारले नीति तथा कार्यक्रम र बजेटजस्ता महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने समयमा संसद् छलेर अघि बढ्न खोजेको उनको भनाइ छ ।

विगतमा एमाले नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको र संसद् विघटन गरेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै नेता दाहालले विगतका कमजोरीलाई देखाएर वर्तमानमा विधिको शासन मिच्न नमिल्ने तर्क गरे।

उहाँले भन्नुभयो, “संसद् अधिवेशन आह्वान गर्ने र अनायासै स्थगन गरेर फटाफट अध्यादेश ल्याउने प्रक्रिया गलत छ । निर्वाचन सम्पन्न भएर संसद् सुचारु भएको यतिका समय भइसक्दा पनि एउटै नयाँ विधेयक ल्याउन नसक्नु तर अध्यादेशको सहारा लिनु आपत्तिजनक छ । अहिलेको सरकारले संसद्लाई भूमिविहीन बनाएर अध्यादेशमार्फत शासन चलाउन खोज्नु जनमतको अपमान हो ।”

सत्तारूढ दलका नेताहरूले संवैधानिक नियुक्ति र सेवा प्रवाहका लागि अध्यादेश आवश्यक रहेको भनी दिएको तर्कलाई खण्डन गर्दै नेता दाहालले ती दाबीहरू कुतर्क मात्र भएको बताए । उनले सरकारलाई दम्भ त्यागेर अगाडि बढ्न आग्रह गर्दै अन्यथा त्यसको परिणाम सरकारले नै भोग्नुपर्ने चेतावनीसमेत दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

सम्पती छानविन आयोगले सार्वजनिक पद धारण गरेका क-कसको सम्पत्ति छानबिन गर्दैछ ?

काठमाडौँ। गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पती छानबिन आयोगले काम अघि बढाउन बाटो खुल...

संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले सङ्घीय संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय सभाका लागि नेकपा ९एमाले० संसदीय दल...

झापामा स्कुल बस दुर्घटना हुँदा १२ विद्यार्थी घाइते

दमक। झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते ...

१०० रुपैयाँभन्दा बढी सामानमा भन्सार लिने सरकारको निर्णय अव्यवहारिक : गगन थापा

काठमाडौं । गगन कुमार थापाले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन्। चुनावी क्षेत्र सर्ला...

त्रिवि पदाधिकारीको सामूहिक राजीनामा, प्रधानमन्त्री कार्यालयमा पठाइयो

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले आफ्नो राजीनामा कर्मचारीमार्फत प्रधानमन्त्र...

बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली हुँदै, बासिन्दाले आफैं सामान हटाउन थाले

काठमाडौं । बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले आफ्नो बस्ती खाली गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै १८ वै...

निर्वाचन प्रणाली सुधारका लागि एकीकृत ऐन पारित गर्न आयुक्त भण्डारीको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विधेयक बजेट अधिवेशनमा नै पारित गर्न आग्रह गरेको छ । ...

नाकाबन्दीले इरान थिचिँदै

वासिङ्टन । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending