Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कोशीमा आलोपालो र भागबन्डाका लागि कांग्रेस र एमाले छलफलमा जुट्दै

खबरडबली संवाददाता

विराटनगर । कोशी सरकारको नेतृत्व आलोपालो गर्न  र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच शुक्रबारबाट छलफल सुरु हुने भएको छ । शीर्ष नेताहरूको तहबाट  मुख्यमन्त्री पदमा आलोपालोबारे टुंगो लगाउने निर्देशन पाइसकेका दुवै दलले केन्द्रीय नेतृत्वकै उपस्थितिमा यसलाई औपचारिकता दिने बताएका छन् । 

यही छलफल टुंग्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार काठमाडौं जाँदैछन् । ‘शुक्रबारबाट हामी दुवै दलले औपचारिक रुपमा छलफल थाल्दैछौं । त्यही छलफल गर्न शुक्रबार मुख्यमन्त्री काठमाडौं आउँदै हुनुहुन्छ’, कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद भीम पराजुलीले  भने ‘शुक्रबारबाट सुरु हुने छलफलले सोमबारसम्ममा निष्कर्ष दिने आशा छ ।’ 

पराजुलीका अनुसार पार्टीका शीर्ष नेताहरूको निर्देशनअनुसार मुख्यमन्त्री पदमा एमाले र कांग्रेसले आलोपालोको समयसीमा निर्धारण गर्ने, मन्त्रालयहरूको भागबन्डा गर्ने र संवैधानिक नियुक्तिहरूको भागबन्डा पनि टुंगो लगाउने छ । त्यसबाहेक चालु आर्थिक वर्षको बजेटमा पुनरावलोकन गर्ने सहमति पनि हुनुपर्ने कांग्रेसको अडान छ । ‘ढिलोमा सोमबारसम्ममा यी सबै विषयमा सहमति हुनेछ ’, पराजुलीले भने ‘दुई दल बसेर यो विषय टुंगो लगाएपछि कांग्रेस प्रदेश सरकारमा सहभागी हुनेछ ।’ 

बुधबार मात्रै काठमाडौंमा सम्पन्न कांग्रेस कोशी संसदीय दलको बैठकले सरकारमा सहभागी हुनुअघि भागबन्डा र बजेटबारे सहमति हुनुपर्ने निर्णय गरेको थियो । आफूले पटक्कै नरुचाएको बजेटले सरकार चलाउन नसकिने भन्दै कांग्रेस कोशी संसदीय दलले अहिलेको बजेट पुनरावलोकन गर्नैपर्ने आवश्यकता महसुस गरेको थियो  । बैठकले सरकारमा सामेल हुन मुख्य रुपमा तीन शर्त अघि सार्ने निर्णय गरेको थियो । 

मुख्यमन्त्री पदमा हुने आलोपालोको समय तोक्नुपर्ने, बजेट संशोधन हुने  निश्चित गर्नुपर्ने र प्रदेशका  मन्त्रालयसहित संवैधानिक नियुक्तिहरुको भागबन्डा टुंग्याउनु पर्ने शर्त अघि सारेको  कांग्रेसले सुरुमै यो विषय टुंगो लगाउन भनेको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी बनेपछि पनि ती सहमति गर्न सकिने सन्देश कांग्रेसलाई पठाएका थिए । तर, कांग्रेसले पहिल्यै सबै कुरामा प्रष्टता खोजेको जनाएको छ । 

कांग्रेसको यस्तो जवाफपछि छलफल गर्न मुख्यमन्त्री कार्की काठमाडौं जान लागेका हुन् ।  कांग्रेस कोशीका सबै शीर्ष नेताहरू केही समयदेखि संघीय राजधानी काठमाडौंमै छन् । सत्तारुढ दुई ठूला दलका नेताहरूले आलोपालो र भागबन्डाको विषय टुंग्याउन संघीय राजधानीमा छलफलको तयारी गरिरहँदा जनस्तरमा भने उनीहरूको प्रयासको विरोध भइरहेको छ । खासगरी दलहरूले संघीय अभ्यासलाई पनि एकात्मक व्यवस्थालाई जस्तै राजधानी केन्द्रित बनाएको भन्दै लामो समयदेखि आलोचना भइरहेको छ ।
 
‘जुनसुकै निर्णय लिन पनि केन्द्रकै मुख ताक्ने प्रदेशका नेताहरूको लाचारी र प्रत्येक निर्णय प्रक्रियामा आफ्नो मत नै निर्णायक हुनुपर्ने केन्द्रीय नेतृत्वको लोभ संघीय अभ्यासलाई उचाइ दिने यात्राको सबैभन्दा ठूलो बाधक बनेको छ’, राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईंले भने ‘यस्तो अभ्यासले दलका नेताहरूलाई मात्रै होइन हाम्रो संघीयताको अभ्यासलाई नै नकारात्मक असर पार्नेछ ।’ जुनसुकै निर्णय पनि केन्द्रबाटै हुन थालेपछि त्यसले संघीयताको मर्ममा प्रहार गर्ने उनको भनाइ छ । उनले भनेजस्तै असन्तोष मुख्यमन्त्री कार्की स्वयम्मा देखिन्छ ।
 
संघीयता कार्यान्वयनमा आएको लामो समयसम्म पनि केन्द्रले प्रदेशलाई अधिकारमा अंकुश लगाइरहेको तथ्य मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेला असार १६ मा विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले अधिकार रोकेर राखेको आरोप लगाएका थिए ।
 
यद्यपि आलोचनाको सुई प्रदेशतिरै पनि सोझिने गरेको छ । ‘प्रदेश सरकार पनि केन्द्रले खटाएर दिएको अधिकारमै रमाएको छ । सरकारी अवस्था यस्तो हुँदा संघीय प्रणाली बलियो बनाउन लाग्नुपर्ने राजनीतिक दलहरू पनि त्योभन्दा फरक अवस्थामा छैनन्’, प्रसाईंले थपे ‘सबैजसो प्रमुख दलमा प्रदेश तहमै सल्टाउन सकिने विषयका लागि पनि अझै केन्द्र नै निर्णायक बन्दै आएको छ ।’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending