Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

कामनै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस

खबरडबली संवाददाता

सिरहा । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमत्तोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिको लागि कार्य समपन्नको सिफारिस गरिएको पाइएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष सकलदेब यादबले सडकवती जडान, सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न  नै नगरी कार्य समपन्नको सिफारिस गरिएको पाईएको हो । 

आर्थिक वर्ष २०८०/०८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले  एक सय ६० थान सडकवती खरिद तथा जडान कार्यकोलागी १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो । असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसंग २० प्रतिशत कमिशनमा कोटेसन मार्फत काम गराएको एक व्यबसायीले नै बताए । यो मात्र होईन अरुपनि योजनाहरु सम्पन्न नगरी उनले कार्यसम्पन्नताको सिफारिस दिनुलेपनि वडा अध्यक्ष र व्यसायीविच आर्थिक सेटिङको पुष्टि हुन्छ ।

वडा अध्यक्ष यादवले कमिशनकै लागि अन्तिम समयमा योजना संशोधनगरी कोटेशनमा काम गराएको वडा नम्वर ४ का रविन्द्र साहले बताए । उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिशनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो । यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ ।’

काम सम्पन्न नगरी व्यसायीसँगको मिलेमत्तोमा भुक्तानीको लागि कार्यसम्पन्नताको सिफारिसदिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन् । सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरु कोटेशनमा लागाएको छ । कोटेशनमै लगाएका कामहरुपनि धेरै सम्पन्न भईनसक्दै उनले भुक्तानीको लागि कार्यसम्पन्नको सिफारिस गरेको बताइन्छ ।

तर, वडा अध्यक्ष यादवले  काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए । उनले सामाजिक सञ्जालमा, ‘गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेशन मार्फत, मध्ये यस आर्थिक मसान्त मा २ वटा को रकम मात्र भुक्तानी भएको छ, अन्य १८ नम्बर, धन्यवाद छ नगर प्रमुख ज्यु र तपाई को असल प्रशंसनिय कार्य लाई ।’

यता, सडक वत्तिको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जनाए । प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फायल लिएर आउनु भएको सुनेको थिएँ, तर भुक्तानीको विषयमा मैले पनि बुझ्नु पर्ने बताए ।

काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ ? भनी जिज्ञासा राख्दा प्रमुख प्राशासकीय अधिकृत केसीले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिसदिनु नै गैर कानुनी हो । वडाले सिफरिस गरेको छ भन्ने वडा अध्यक्षले कानुनको खिल्ली उडाएको हो ।’

वडाले १० लाखको लागतमा १६० थान सडकवती जडान गर्ने भनी योजना विनियोजन गरिएको ४ नम्बरका वडा अध्यक्ष सकलदेव यादवले जनाएको छ । उनले, ‘काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराएपनि समयमा काम हुन नसकेको स्विकार गरेका छन् । काम अहिलेपनि जारी नै छ । ठेक्केदारलाई छिटै  सकाउन भनेको छु ।’

काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दाँ वडा अध्यक्ष यादवले रकम निकासा नभएको दावी गरे । उनले, ‘रकम निकासा गरीएको छैन । समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफरिस गरी फाईल १८ नम्वरमा राखिएको उनको जिकिर छ ।’

असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भैईसकेको योजनाको फाईल १८ नम्वरमा जाने गरेको जानकारहरु बताउँछन् । तर काम नै नगरेको फाईल भुक्तानीको लागी कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्याउनु सरह भएको उनीहरुको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending