Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

इलामकाे सूर्योदयका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिँदै

खबरडबली संवाददाता

इलाम । इलामको सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा नियमित तथ्याङ्क गुणस्तर मापन गर्न थालिएको छ । नगरका १४ वटा वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यका सूचक सुधारका लागि नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालेको हो । 

स्वास्थ्य संस्थाले नियमित रूपमा गर्ने काम र तीनको रेकर्ड सहित छ छैन, स्वास्थ्य संस्थाले पालिकालाई गर्ने रिपोर्टिङ सहित छ छैन जस्ता विषय नियमिति तथ्याङ्क गुणस्तर मापनका क्रममा हेर्ने गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिए । 

उनका अनुसार नियमिति तथ्याङ्क गुणस्तर मापन गर्दा स्वास्थ्य संस्थाले खोप कार्यक्रम नियमित गरेनगरेको, सुरक्षित मातृत्व प्रभावकारी भए/नभएको, प्रजनन अधिकार सम्बन्धीको अवस्था काम आदिका बारेमा स्वास्थ्य संस्थाले कुन रूपमा काम गरिरहेका छन् र सुधार गर्नुपर्ने के छ भन्ने विषयमा सुझाव दिइने गरिएको छ । 

अहिले पालिकाका १४ वडाका १४ स्वास्थ्य संस्थामा पालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्री र स्वास्थ्यकर्मी रणवीर लोहारले तथ्याङ्क गुणस्तर मापनको काम गरिरहेका छन् । जनस्वास्थ्य निरीक्षक खत्रीले स्वास्थ्य संस्थामै पुगेर गरिने तथ्याङ्क गुणस्तर मापनले स्वास्थ्यकर्मी र व्यवस्थापनसँग छलफल गरिने भएका कारण स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताए ।

शाखा प्रमुख अधिकारीले भने, "गुणस्तर हेरिन्छ, जसले गर्दा सुधार गर्नुपर्ने देखिएमा स्वास्थ्यकर्मीलाई थप क्षमता विकासका तालिम दिन्छौ ।" नगरमा हाल एक सय सात जना कर्मचारीले सेवा दिँदै आएका छन् । सूर्योदय नगरपालिकाले वडा नं ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागि काम गरिरहेको छ । नगरले आर्थिक वर्ष २०८१-०८२ का लागि आन्तरिकतर्फ २ करोड ५५ लाख ८० हजार बजेट विनियोजन गरेको छ । सर्सत तर्फ स्वास्थ्य क्षेत्रका लागि ७ करोड २७ लाख ८६ हजार पाँच सय रुपियाँ गरी जम्मा ९ करोड ८३ लाख ६६ हजार पाँच सय रुपियाँको बजेट विनियोजन भएको छ । 

पालिकाले स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको १० दशमलव ५९ अर्थात् ११ करोड ७२ लाख ५६ हजार पाँच सय रुपियाँ बजेटमा काम गरिने नगरका आन्तरिक लेखा परीक्षण अधिकृत प्रदीप चापागाईँले जानकारी दिए । 

नगर प्रमुख रण बहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम भइरहेको जानकारी दिए । नगरले भर्खरै मात्र देशमै पहिलो पटक फिक्कल अस्पतालमा बायो क्यामेस्टीको फुल्ली अटोमेटीक एनालाईजर मेसीन जडान जडान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending