इलाम । इलामको सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा नियमित तथ्याङ्क गुणस्तर मापन गर्न थालिएको छ । नगरका १४ वटा वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यका सूचक सुधारका लागि नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालेको हो ।
स्वास्थ्य संस्थाले नियमित रूपमा गर्ने काम र तीनको रेकर्ड सहित छ छैन, स्वास्थ्य संस्थाले पालिकालाई गर्ने रिपोर्टिङ सहित छ छैन जस्ता विषय नियमिति तथ्याङ्क गुणस्तर मापनका क्रममा हेर्ने गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिए ।
उनका अनुसार नियमिति तथ्याङ्क गुणस्तर मापन गर्दा स्वास्थ्य संस्थाले खोप कार्यक्रम नियमित गरेनगरेको, सुरक्षित मातृत्व प्रभावकारी भए/नभएको, प्रजनन अधिकार सम्बन्धीको अवस्था काम आदिका बारेमा स्वास्थ्य संस्थाले कुन रूपमा काम गरिरहेका छन् र सुधार गर्नुपर्ने के छ भन्ने विषयमा सुझाव दिइने गरिएको छ ।
अहिले पालिकाका १४ वडाका १४ स्वास्थ्य संस्थामा पालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्री र स्वास्थ्यकर्मी रणवीर लोहारले तथ्याङ्क गुणस्तर मापनको काम गरिरहेका छन् । जनस्वास्थ्य निरीक्षक खत्रीले स्वास्थ्य संस्थामै पुगेर गरिने तथ्याङ्क गुणस्तर मापनले स्वास्थ्यकर्मी र व्यवस्थापनसँग छलफल गरिने भएका कारण स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताए ।
शाखा प्रमुख अधिकारीले भने, "गुणस्तर हेरिन्छ, जसले गर्दा सुधार गर्नुपर्ने देखिएमा स्वास्थ्यकर्मीलाई थप क्षमता विकासका तालिम दिन्छौ ।" नगरमा हाल एक सय सात जना कर्मचारीले सेवा दिँदै आएका छन् । सूर्योदय नगरपालिकाले वडा नं ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागि काम गरिरहेको छ । नगरले आर्थिक वर्ष २०८१-०८२ का लागि आन्तरिकतर्फ २ करोड ५५ लाख ८० हजार बजेट विनियोजन गरेको छ । सर्सत तर्फ स्वास्थ्य क्षेत्रका लागि ७ करोड २७ लाख ८६ हजार पाँच सय रुपियाँ गरी जम्मा ९ करोड ८३ लाख ६६ हजार पाँच सय रुपियाँको बजेट विनियोजन भएको छ ।
पालिकाले स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको १० दशमलव ५९ अर्थात् ११ करोड ७२ लाख ५६ हजार पाँच सय रुपियाँ बजेटमा काम गरिने नगरका आन्तरिक लेखा परीक्षण अधिकृत प्रदीप चापागाईँले जानकारी दिए ।
नगर प्रमुख रण बहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम भइरहेको जानकारी दिए । नगरले भर्खरै मात्र देशमै पहिलो पटक फिक्कल अस्पतालमा बायो क्यामेस्टीको फुल्ली अटोमेटीक एनालाईजर मेसीन जडान जडान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: