एजेन्सी । कम्बोडियाको एक अदालतले सत्तारूढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ ।
गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’ बताएका थिए । हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हालेका थिए ।
हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सिपिपी)ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रूपमा निन्दा गरेका थिए ।
नोमपेन म्युनिसिपल कोर्टले बिहीबार भ्यानोललाई ‘सार्वजनिक मानहानिको दोषी’ ठहर गर्दै वादी सिपिपीलाई ६ अर्ब रियाल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको छ ।
उनलाई एक करोड मिलियन रियाल (दुई हजार ४०० अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ । फैसलाका समय भ्यानोल विदेशमा भएका कारण अदालतमा उपस्थित थिएनन् ।
उनका वकिल चोङ चोंगीले अदालतको फैसलाबाट आफू निराश भएको र आफ्नो क्लाइन्टले ‘आफ्नो विचार व्यक्त’ मात्र गरिरहेको बताएका छन् । अपिल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हुनसेनले एक महत्त्वपूर्ण औपचारिक भूमिका ग्रहण गर्दै सिनेटको अध्यक्ष बनेका थिए । यसले उनलाई राजा विदेशमा हुँदा राज्यको कार्यवाहक प्रमुखको रूपमा कार्य गर्न अनुमति दिन्छ ।
निर्वाचन आयोगले सत्तारूढ दल सिपिपीको पक्षमा उभिएको दाबी गरेपछि सन् २०२२ मा क्यान्डललाइट पार्टीका उपनेता सोन छायाँलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो ।
उनलाई सत्तारूढ दललाई सात लाख ५० हजार डलर क्षतिपूर्ति र राज्यलाई चार हजार २५० डलर जरिवाना तिर्न आदेश दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...
पौष १ गते, २०८२ - १७:४२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...
पौष १ गते, २०८२ - १७:४०
महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...




प्रतिकृया लेख्नुहोस्: