Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

प्रहरीले गर्यो १६ जनालाई अवैध लागूऔषधसहित पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न स्थानबाट  प्रहरीले  १६ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।  मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-५ बाँसबारी बस्ने २५ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय उज्वल सापकोटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. १९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित कोहलपुर नगरपालिका–२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेकाे नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर  ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका–६ बस्ने २६ वर्षीय चेतमान सोनीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर  १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका–५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगर बस्ने ४७ वर्षीय सोम बहादुर विकलाई अवैध लागूऔषध गाँजा २ किलो ४ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलालीकाे टीकापुर नगरपालिका–१ भु.पु.सैनिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन   २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने २५ वर्षीय सुमन थारू र १९ वर्षीय यम बहादुर चौधरी रहेका रहेका छन् ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले से।६ प ९१२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्साकाे वीरगंज महानगरपालिका–१६ फुलवारी टोल बस्ने ६५ वर्षीय आसिद मिया र ४२ वर्षीया कायमा खातुनलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ किलो २ सय ३७ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने सर्फदिन अन्सारीले लागूऔषध ओसार पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी मिया र खातुनलाई पक्राउ गरेको हो । हाल फरार अन्सारीको प्रहरीले खोजी गरिरहेको छ ।

झापाको अर्जुनधारा नगरपालिका –११ स्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सिन्धुली तिनपाटन गाउँपालिका–१ घर बताउने २८ वर्षीय धन बहादुर बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाकै झापा गाउँपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर  ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–१ बस्ने २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले चर्तागाछिबाट सुरूङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१५ प ७८०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाकै मेचिनगर नगरपालिका–१० धाईजन ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरूङ रहेका छन्  लागूऔषध नियन्त्रण ब्यूरो काँकभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले सबै घटनाका सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप फाइनल: भारतले बनाए उच्चतम स्कोर, न्यूजिल्यान्डका लागि २५६ रनको चुनौती

काठमाडौं  । टी–२० विश्वकपको उपाधिका लागि भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा जारी छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता...

रवीन्द्र मिश्र ले किन लिए दलीय राजनीतिबाट ‘ब्रेक’

काठमाडौं । राजावादी धारका नेता रवीन्द्र मिश्र ले तत्कालका लागि दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वज...

जनादेशले दिएको कडा सन्देशः प्रचण्डको ‘स्मार्ट मूभ’ किन भयाे फेल ?

काठमाडौं । चुनावअघि आफूलाई रणनीतिक रूपमा अगाडि राख्दै अनेक ‘स्मार्ट मूभ’ चाल्ने प्रयास गरेका पुष्पकमल दाहाल (प्रचण्ड) यसपटक जनादेशबाट अपेक्षित परिणाम ...

पूर्वसुरक्षाकर्मीको लहर : रास्वपाबाट उठेका पाँचै उम्मेदवार विजयी

पूर्वएआईजी विश्वराज पोखरेलकाे ५ मतान्तरकाे रोचक जित

इलाम १ मा तीन दलबीच कडा टक्कर

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभरको नतिजा अन्तिममा पुग्दै गर्दा इलाम १ मा भने प्रतिस्पर्धा रोचक बनेको छ। यस क्षेत्रमा त्रिपक्षीय भिडन्...

बाजुरामा ५ उम्मेदवारको धरौटी जफत

बाजुरा । बाजुरामा ५ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न न...

घट्यो दलको भीड, बढ्यो ध्रुवीकरण : नयाँ संसद्को बदलिँदो गणित

मतदाताको कठोर फैसलाले आधा दर्जन दल संसद् बाहिर

तनहुँमा छ हजार मत बदर

 तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ। तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो। ...

नेकपाको ओरालो यात्रा : शिखरदेखि संकटसम्म ३४ वर्षको उतारचढाव

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनले तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा निर्णायक प्रभाव जमायो  । सशस्त्र संघर्ष, जनआन्दोलन, संविधान निर्माण र सरक...

समानुपातिक तर्फ ५० लाख मतगणना हुँदा रास्वपाले पायो २४ लाख, अन्य दलको कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो । न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE