Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रहरीले गर्यो १६ जनालाई अवैध लागूऔषधसहित पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न स्थानबाट  प्रहरीले  १६ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।  मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-५ बाँसबारी बस्ने २५ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय उज्वल सापकोटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. १९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित कोहलपुर नगरपालिका–२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेकाे नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर  ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका–६ बस्ने २६ वर्षीय चेतमान सोनीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर  १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका–५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगर बस्ने ४७ वर्षीय सोम बहादुर विकलाई अवैध लागूऔषध गाँजा २ किलो ४ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलालीकाे टीकापुर नगरपालिका–१ भु.पु.सैनिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन   २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने २५ वर्षीय सुमन थारू र १९ वर्षीय यम बहादुर चौधरी रहेका रहेका छन् ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले से।६ प ९१२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्साकाे वीरगंज महानगरपालिका–१६ फुलवारी टोल बस्ने ६५ वर्षीय आसिद मिया र ४२ वर्षीया कायमा खातुनलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ किलो २ सय ३७ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने सर्फदिन अन्सारीले लागूऔषध ओसार पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी मिया र खातुनलाई पक्राउ गरेको हो । हाल फरार अन्सारीको प्रहरीले खोजी गरिरहेको छ ।

झापाको अर्जुनधारा नगरपालिका –११ स्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सिन्धुली तिनपाटन गाउँपालिका–१ घर बताउने २८ वर्षीय धन बहादुर बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाकै झापा गाउँपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर  ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–१ बस्ने २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले चर्तागाछिबाट सुरूङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१५ प ७८०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाकै मेचिनगर नगरपालिका–१० धाईजन ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरूङ रहेका छन्  लागूऔषध नियन्त्रण ब्यूरो काँकभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले सबै घटनाका सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा चुनावी खर्च प...

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेक...

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending