सल्यान । एक जना महिला र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् ।
बनगाड कुपिण्डे नगरपालिका –१ बुरेलीस्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्ति महिलाको माइतीघरमा जबर्जस्ती प्रवेश गरेर महिलालाई घिसार्दै घरबाहिर बार्दलीमा ल्याएर जबरजस्ती करणाी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जबरजस्ती करणीको आरोपमा बनगाड कुपिण्डे नगरपालिका –१ देवस्थल बस्ने वर्ष २१ को वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई हाल वनगाड कुपिण्डे नगरपालिकाको देवस्थल बस्ने वर्ष २४ को मानबहादुर रावतलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार उनीहरुले घरभित्र सुतिरहेकी नाबालक छोरासहितका महिलालाई जबर्जस्ती तान्दै घिसार्दै कोठा बाहिर बार्दलीमा ल्याएर संवेदनशील अङ्गमा समात्दै जबरजस्ती उद्योग गरेको र प्रतिवादीमध्येको एक जनाले फेरि महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट टाढा शौचालय नजिकै लगेर बलात्कार गरेका थिए ।
जबर्जस्ती करणी गरेर फरार रहेका उनीहरुलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउपुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा सल्लीबजार नजिकबाट पक्राउ गरिएको हो । एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच घरमा टेलिभिजन हेर्न आएकी पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका –१ बस्ने ३८ वर्षीय ताराबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय सल्यानले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: