Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, वर्षा भइरहेकोले खुलाउन समस्या

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुल्यो

खबरडबली संवाददाता

बाग्लुङ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको  वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो । 

अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए ।  सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । जैमिनीका किसानले दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । 

हिजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिरोले सडक छेउबाट भासिएको र पहिले पनि यही ठाउँमा सडक भासिँदा लामो समय अवरुद्ध भएको प्रमुख निउरेले बताए । अहिले पनि सोही ठाउँमा सडक बगाएको र  वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना नरहेकाे हसुँदा वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने उनले बताए ।
 
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुल्यो
गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुलेको छ । कुश्मा नगरपालिका–७ र ८ को सिमानास्थित तमादीखोलामा आएको लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको थियो । 

सुरक्षाकर्मी र लोकमार्गको स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले जानकारी दिए। 

सडक सञ्चालन भएसँगै रातिदेखि अलपत्र बनेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा धवलागिरि क्षेत्रमा आएका सवारीसाधन चुवामा र यस क्षेत्रबाट बाहिरिने सवारीसाधन खरेहामा अलपत्र बनेका थिए । 

वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्रको तथ्याङ्कनुसार पर्वतको कार्कीनेटामा सबैभन्दा बढी ८५ दशमलव छ मिलीमिटर वर्षा भएको छ । अत्यधिक वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको  भने अधिकांश ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending