तनहुँ । तनहुँ जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्दाको ७३.३ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले गत आर्थिक वर्ष २०८०-८१ मा नयाँ र पुराना गरी दुई हजार सात सय ६६ मुद्दामध्ये दुई हजार २८ वटा अर्थात् ७३.३ प्रतिशत फैसला गरेको हो ।
अघिल्लो आर्थिक २०७९-०८० बाट जिम्मेवारी सरेर आएका एक हजार एक सय एक र ०८०-८१ मा दर्ता भएका नयाँ मुद्दा एक हजार छ सय ६५ गरी कुल दुई हजार सात सय ६६ मुद्दा रहेको थियो । ती मुद्दामध्ये अदालतले गत आर्थिक वर्षमा दुई हजार २८ मुद्दा फैसला गरेको श्रेस्तेदार केशवप्रसाद पौडेलले बताए । सात सय ३८ वटा मुद्दा भने विचारधिन अवस्थामा रहेकोले जिम्मेवारी सरेर चालु आर्थिक वर्ष २०८१-०८२ मा आएको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा सम्बन्ध विच्छेद मुद्दा नयाँ दर्ता छ सय १३, जिम्मेवारी सरेर आएको एक सय ७१ गरी सात सय ८४ रहेकोमा छ सय ७२ वटा फैसला भई एक सय १२ बाँकी छ । अंशको नयाँ दर्ता दुई सय पाँच, जिम्मेवारी सरेर आएको दुई सय ५० गरी चार सय ५५ रहेकोमा तीन सय एक वटा फैसला भएर एक सय ५४ वटा बाँकी रहेको छ ।
चेक अनादरमा नयाँ दर्ता ७५, जिम्मेवारी सरेर आएको ९२ गरी एक सय ८४ रहेकोमा एक सय ३४ वटा फैसला भई ५० वटा बाँकी रहेको छ । लागु औषधमा नयाँ दर्ता ७४, जिम्मेवारी सरेर आएको ४८ गरी एक सय २२ वटा रहेकोमा ९४ वटा फैसला भई २८ वटा बाँकी रहेको छ । जबरजस्ती करणीमा २५ नयाँ दर्ता जिम्मेवारी सरेर आएको ४२ गरी ६७ वटा रहेकोमा ३९ वटा फैसला गरी २८ वटा बाँकी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: