काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले सिमानाका सम्बन्धमा देखिएका विषयमा संवेदनशील भएर समाधानमा लाग्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते सिमानाका सम्बन्धमा दिएको अभिव्यक्तिका सन्दर्भमा आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरे।
उनले परराष्ट्रमन्त्री शिशिर खनाल अहिले चीन भ्रमणमा रहनुभएको उल्लेख गर्र्दै त्रिपक्षीय सीमाका विषयमा कुरा भयो कि भएन भनी जानकारी माग गरे। साथै उनले उक्त विषय संयुक्त वक्तव्यमा नदेखिएको बताउँदै स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए।
सांसद हमालले नेपालको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको, दार्चुलाको सिमानामा बिना अनुमति भारतीय हेलिकोप्टर प्रवेश गरेको, भारततर्फको चिया निर्यातमा अवरोध देखिएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए। जारी फिफा विश्वकप फुटबल हेर्नका लागि अतिरिक्त रकम तिर्नुपर्ने उल्लेख गर्दै सांसद हमालले नि:शुल्क फुटबल हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरे।
नेपाली कांग्रेसका सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्नुपर्ने माग गर्दै सुस्तालगायतका सिमानामा देखिएको विषयका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सीमासम्बन्धी संवेदनशील विषयमा अभिव्यक्ति दिएपछि उक्त विषयमा प्रष्ट पार्न पुन: माग गरिन्।
यसैगरी, नेकपा ९एमाले०का सांसद टुका भद्रा हमालले सिमानाका विषयको विवादित अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन माग गरे। उनले राष्ट्रभन्दा ठूलो अरु केही हुन नसक्ने भन्दै नेपाली भूभागको संरक्षण र राष्ट्रियताको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने माग गरे।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सिमाना क्षेत्रमा बाँध बनाएका कारण रौटहटको गौरमा डुबानको समस्या देखिएको भन्दै यस विषयप्रति सरकारलाई संवेदनशील भएर समाधानमा लाग्न आग्रह गरे। उनले राजविराजका केही क्षेत्रमा लामो समयदेखि स्थानीयले जग्गा धनीपुर्जा नपाएको विषयमा सम्बन्धित निकायले ध्यान दिनपर्नेमा जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले नेपालको राष्ट्रियता र भौगोलिक अखण्डताको विषयमा सरकार गम्भीर हुनुपर्ने माग गर्दै प्रधानमन्त्री शाहले गत जेठ १७ गते सिमानाका सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता गर्न र संसद्को अभिलेखबाट हटाउन माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...
आषाढ़ २ गते, २०८३ - १४:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर बाहिर निकालेर लापरबाहीपूर्वक यात्रा गरेको भिड...
आषाढ़ २ गते, २०८३ - १४:३८
काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...
आषाढ़ २ गते, २०८३ - १४:२२
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल जारी रहँदा सम्बन्धित म...
आषाढ़ २ गते, २०८३ - १३:५३
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खडक सामुदायिक वनमा प्रहरीले बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला पारेको छ। प्रहरी...
आषाढ़ २ गते, २०८३ - १३:४१
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बो...
आषाढ़ २ गते, २०८३ - १३:२०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, ...
आषाढ़ २ गते, २०८३ - १३:०८
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको...
आषाढ़ २ गते, २०८३ - १२:५१
इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपो...
आषाढ़ २ गते, २०८३ - १२:४३
काठमाडौँ। औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ। विभागले मङ्गलबार जारी गरेको सूचनामा...



प्रतिकृया लेख्नुहोस्: