Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

खबरडबली संवाददाता

रौतहट । मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) लाई गृह क्षेत्र रौतहट ३ ख अन्तर्गत कटहरिया बजारमा एक समारोहका बिच भव्य स्वागत गरिएको छ । 

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक पुगेका सुनिल लाई सनिवार कटहरियाका जनप्रतिनिधि, ब्यापारी तथा नगरवासीले फूलको माला लगाई, खाँदा ओढाएर अति भव्यताका साथ स्वागत गरेका थिए । स्वागत समारोह लाई सम्बोधन गर्दै मन्त्री यादवले यस अघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको स्मरण गराएका थिए । 

हाल क्षेत्र वासीले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण ईमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए। देशको निर्वाचन प्रणाली राम्रो नहुँदा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने जिकिर गर्दै मन्त्री यादवले मिलिजुली अस्थाई सरकारले विकास लाई गती दिन नसकेको गुनासो गरेका थिए ।

हाल मधेश प्रदेशको शिक्षा, स्वास्थ, सडक पूर्वाधारको अवस्था दयनिय रहेको चर्चा गर्दै उनले सबै क्षेत्रको सुधारका आफ्नो बुद्दी विवेकले ईमान्दारी साथ लाग्ने विश्वास दिलाएका थिए । शिक्षा तर्फ प्रदेश सरकारले लगानी गरेर विद्यालयको भवन त निर्माण गर्छ तर शिक्षक दरबन्दीको लागी केन्द्रकै मुख ताक्नु पर्ने वाध्यता रहेको बताएका थिए । शिक्षालाई गुणस्तरिय बनाउन सरकार संगै अभिभावकको भूमिका हुनुपर्ने कांग्रेस जिल्ला सभापति समेत रहेका प्रदेश अर्थ मन्त्री सुनिल कुमार यादवको भनाई रहेको छ । 

स्वागत समारोहमा नेपाली कांग्रेस रौतहटका उपसभापति रामालोचन जैसवाल, क्षेत्रिय सभापती सर्फलाल गुप्ता, कटहरियाका वडाका अध्यक्षहरु, ब्यापारी योगेन्द्र साह, लगायतले स्वागत गर्दै क्षेत्रको समग्र विकासको लागि अर्थ मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending