रौतहट । मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) लाई गृह क्षेत्र रौतहट ३ ख अन्तर्गत कटहरिया बजारमा एक समारोहका बिच भव्य स्वागत गरिएको छ ।
अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक पुगेका सुनिल लाई सनिवार कटहरियाका जनप्रतिनिधि, ब्यापारी तथा नगरवासीले फूलको माला लगाई, खाँदा ओढाएर अति भव्यताका साथ स्वागत गरेका थिए । स्वागत समारोह लाई सम्बोधन गर्दै मन्त्री यादवले यस अघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको स्मरण गराएका थिए ।
हाल क्षेत्र वासीले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण ईमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए। देशको निर्वाचन प्रणाली राम्रो नहुँदा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने जिकिर गर्दै मन्त्री यादवले मिलिजुली अस्थाई सरकारले विकास लाई गती दिन नसकेको गुनासो गरेका थिए ।
हाल मधेश प्रदेशको शिक्षा, स्वास्थ, सडक पूर्वाधारको अवस्था दयनिय रहेको चर्चा गर्दै उनले सबै क्षेत्रको सुधारका आफ्नो बुद्दी विवेकले ईमान्दारी साथ लाग्ने विश्वास दिलाएका थिए । शिक्षा तर्फ प्रदेश सरकारले लगानी गरेर विद्यालयको भवन त निर्माण गर्छ तर शिक्षक दरबन्दीको लागी केन्द्रकै मुख ताक्नु पर्ने वाध्यता रहेको बताएका थिए । शिक्षालाई गुणस्तरिय बनाउन सरकार संगै अभिभावकको भूमिका हुनुपर्ने कांग्रेस जिल्ला सभापति समेत रहेका प्रदेश अर्थ मन्त्री सुनिल कुमार यादवको भनाई रहेको छ ।
स्वागत समारोहमा नेपाली कांग्रेस रौतहटका उपसभापति रामालोचन जैसवाल, क्षेत्रिय सभापती सर्फलाल गुप्ता, कटहरियाका वडाका अध्यक्षहरु, ब्यापारी योगेन्द्र साह, लगायतले स्वागत गर्दै क्षेत्रको समग्र विकासको लागि अर्थ मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: