फ्रान्स । माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् ।
अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी आइटी प्रणालीमा आएको अवरोधपछि दर्जनौँ उडानहरू रद्द भएका थिए । एसियाका हङकङ, दक्षिण कोरिया र थाइल्यान्डलगायतका एयरपोर्टहरू चेक–इन सेवा पुनः सुचारु गरेका छन् भने भारत, इन्डोनेसिया सिङ्गापुरका एयरपोर्टहरूले शनिबारसम्म सामान्य अवस्थामा फर्किने बताएका छन् ।
थाइल्यान्डका एयरपोर्टहरूमा चेक–इन प्रणाली सामान्य अवस्थामा फर्किएको राष्ट्रपति किराती किटमानावतले बताए । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्ने क्रममा बिहीबार विश्वव्यापी प्राविधिक समस्या सुरु भएको माइक्रोसफ्टले जनाएको छ ।
क्राउडस्ट्राइकले उत्पन्न समस्याको समाधान भएको बताउँदै कम्पनीका सञ्चालक जर्ज कुर्ट्जले प्रभावित सबै निकायसँग माफी मागेको अमेरिकी समाचार च्यानल सिएनबीसीले जनाएको छ । क्राउडस्ट्राइकले समस्याबाट प्रभावीहरूसँग सम्पर्कमा रही आवश्यकताअनुसार सहयोग प्रदान गर्न तयार भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको टोलीले विज्ञप्तिमार्फत जनाएको छ ।
बेलायतको स्काइ समाचार संस्थाले समाचार प्रसारणमा आएको समस्या समाधान भएको बताएको छ । अस्ट्रेलियाको बिसीले पनि प्रसारणमा समस्या आएको रिपोर्ट गरेको थियो । अस्ट्रेलियामा सेवाहरू हाल सामान्य लयमा फर्केको भएतापनि सिड्नी एयरपोर्टले अझैसम्म उडानमा ढिलाइ भएको रिपोर्ट गरिरहेको छ ।
केन्या र युक्रेनका बैङ्किङ एवम् अन्य सेवामा आएको प्राविधिक समस्याले धेरै ग्राहकहरू प्रभावित भएको गुनासो गरेको थियो । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले सबै उडानहरू बन्द गर्ने आदेश दिएको थियो यद्यपि एयरलाइन्सले पछि आफ्ना सेवाहरू पुनः स्थापना गरिरहेको जनाएका छन् ।
भारतीय एयरलाइन्स इन्डिगोले सामाजिक सञ्जाल एक्समार्फत समस्या समाधान भएको जनाएको छ । यसैबिच चिनियाँ सरकारी मिडियाले बेइजिङका विमानस्थल तथा उडान सेवाहरू विश्वव्यापी आउटेजले प्रभावित नभएको जनाएको छ ।
युरोपमा बर्लिनलगायत प्रमुख एयरपोर्टहरूले शुक्रबार सबै उडानहरू स्थगित गरेका थिए भने हाल सेवाहरू पुनः सुरु भएको बताएका छन् । कम्पनीका सञ्चालक कुर्ट्जले शुक्रबार आएको समस्याबाट प्रभावित ग्राहकहरूलाई मद्दत गर्न कम्पनीका कर्मचारीहरू पूर्ण रूपमा परिचालन गरिएको विज्ञप्तिमार्फत उल्लेख गरे ।
विश्वव्यापी सफ्टवेयरमा आएको यस्तो समस्याले एकै समयमा धेरै सेवाहरू प्रभावित हुन सक्ने भएकाले पूर्वाधारहरू सामान्य समस्याहरू विरुद्ध लचिलो हुने गरी विकास गर्न आवश्यक रहेको बेलायतको योर्क विश्वविद्यालयका प्राध्यापक जोन म्याकडर्मिडले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: