काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएको छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएको हो ।
अध्यक्ष भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गरे। उनले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताए । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरुलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो ।
उनले भने, ‘‘म अन्धराष्ट्रवादी ढङ्गले कसैलाई गाली गर्ने पक्षमा छैन । तर भारतको अर्थतन्त्र ठूलो छ । हाम्रो अर्थतन्त्र सानो छ । खुला सीमानाका कारण हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसले गर्दा भारतसँगको जुन हाम्रा असमान सम्बन्ध बन्यो । त्यसले गर्दा यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन भन्ने मेरो दुई वटा निष्कर्ष छन् ।’’
यसैगरी, उनले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष भट्टराईले भने, ‘‘नेपाल हिमाल, पहाड, तराई मधेशमा बाँढिएको भुगोल र आर्थिक, सामाजिक रुपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो । र राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...
माघ १५ गते, २०८२ - १७:२२
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...




प्रतिकृया लेख्नुहोस्: