Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

बागलुङमा बेपत्ता किशोर मृत फेला : आइफोन लुट्ने क्रममा हत्या भएको खुलासा

खबरडबली संवाददाता

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्य खुलेको छ ।

गत साउन १ गते शुक्रबार साँझ सोही ठाउँका साथी असिम वनको जन्मदिन मनाउन भनि घरबाट निस्कएका बडिगाड गाउँपालिका वडा नं। १ थानका लजिन थापा नौ दिनपछि शनिबार बिहान सवा नौ बजे सोही वडाको मनखोलामा मृत फेला परेको थिए।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ पर्नेमा बडिगाड–१ का २० वर्षीय रेमबहादुर बिक, सोही ठाउँका १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियार छन् ।

शव नभेटिएपछि व्यक्ति बेपत्ता पार्नेमा उनीहरु संलग्न भएको आशङ्कामा प्रहरीले पाँच दिन अघि नै पक्राउ गरेको थियो ।

अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकोमा शनिबार मात्र शव भेटिएपछि प्रहरीले उनीलाई कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले बताए।

घटना हुनुअघि साथी असिम वनको जन्मदिन मनाउन लजिनसँगै सुदीप, रेम, ददिसहित ६ जनाले बडिगाड–१ स्थित दगाम्तुम्डाँडा प्राथमिक विद्यालयमा बसि शनिबार बिहान साढे २ बजेसम्म मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

‘‘शनिबार बिहान ४ बजे घर फर्किने क्रममा रेम, ददि र लजिनबीच आइफोनको विषयमा झगडा भएको देखिन्छ’’ प्रहरी उपरीक्षक प्रसाईंले पत्रकार सम्मेलनमा भन्नुभयो,‘‘आइफोन लुट्ने क्रममा लजिनमाथि मुक्का र ढुङ्गा प्रहार हुँदा ज्यान गएको देखिन्छ ।’’

कुटपिटबाट ज्यान गएपछि लजिनको साथमा रहेको मोबाइल लुटेर ददि र रेमबहादरले मनखोलामा लगेर शव लुकाएका थिए ।

शव लुकाएपछि मोबाइल साथमा राख्दा प्रहरीले शङ्का पाउने भन्दै लजिनकै साथ राखिदिएको समेत आरोपीले प्रारम्भिक बयानमा स्वीकारेको प्रहरी उपरीक्षक प्रसाईंले बताए।

काठमाडौँमा ठुलोबाबुसँग बसि साइपल कलेजमा अध्ययन गर्ने लजिन कक्षा ११ को परीक्षा सकेर नागरिकता बनाउने योजनासहित घर आएको थिए। लजिन बोमबहादुर थापा र देउमाया थापाका एक्ला छोरा छन्।

करिव पाँच सय मिटर तल बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडामा ४१ वर्षिय पुरुष मृत फेला, घटनाको अनुसन्धान सुरु

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जि...

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...

भारत भ्रमणमा जान लागेका गगन थापाको कार्यक्रम स्थगित

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...

बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी  ६० ले बढेको हो । नेपाल सुनचाँदी व...

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखको कार्...

गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

काठमाडौं। धनगढीमा सत्याग्रहरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोलीका थप दुई सदस्य धनगढी पुगेका छन्। जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्...

बागलुङमा बेपत्ता किशोर मृत फेला : आइफोन लुट्ने क्रममा हत्या भएको खुलासा

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्...

घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एक जनाको मृत्यु

बागलुङ। घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुर्तिबाङमा शनिवार दिउसो घाँस काट्ने क्रममा ल...

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending