Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको बैठकले प्रदेशको राजनीतिक अवस्था हेरेर सत्ता सहकार्यका लागि अन्य दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको हो। बैठकमा पार्टीका पदाधिकारी, सातै प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो।

हाल चार प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ। मधेस प्रदेशमा कृष्णप्रसाद यादव, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह कांग्रेसबाट मुख्यमन्त्री छन्।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार भएको सहमतिअनुसार पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी भएको छ। उक्त सहमतिमा मधेस र गण्डकीलाई बाहेक गर्दै कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार गठनको भागबण्डा गरिएको छ। यसले कांग्रेस नेतृत्वमा रहेका बागमती र सुदूरपश्चिम प्रदेश सरकार संकटमा पर्ने देखिएको छ।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले प्रदेशको वस्तुस्थितिअनुसार सत्ता सहकार्यका लागि विभिन्न दलहरूसँग संवाद अघि बढाउने निर्णय भएको जानकारी दिए।

उनका अनुसार केन्द्रमा अन्य दलहरूसँग छलफल गर्न सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी दिइएको छ।

घिमिरेले एमाले र नेकपाबीच पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भए पनि ती प्रदेशमा सहज रूपमा दुई दलको मात्रै सरकार बन्ने अवस्था नरहेको दाबी गरे।

‘एमाले र नेकपाबीच पाँच प्रदेशमा भागबण्डा गर्ने सहमति भएको छ। तर सहमति भएका स्थानमा पनि सहजै दुई दलको मात्रै सरकार बन्ने अवस्था देखिँदैन,’ उनले भने, ‘प्रदेशको अवस्थाअनुसार एमाले, नेकपा र अन्य दलहरूसँग पनि छलफल जारी राख्ने निर्णय भएको छ।’

कांग्रेसले प्रदेशमा तीन ठूला दल मिलेर प्रतिपक्षविहीन सरकार बनाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेको छ। लोकतान्त्रिक व्यवस्थाका लागि बलियो प्रतिपक्ष आवश्यक हुने भएकाले यस्तो अभ्यास स्वीकार्य नहुने महामन्त्री घिमिरेको भनाइ छ।

लुम्बिनी प्रदेशमा एमाले र नेकपाबीच सहकार्य भए पनि सभामुखले मतदान गर्न नपाउने अवस्थामा बहुमत जुटाउन कठिन हुने कांग्रेसको निष्कर्ष छ। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन्। एमालेसँग २९ र नेकपासँग सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान नगर्ने भएकाले कांग्रेसले थप राजनीतिक पहल गर्ने जनाएको छ।

बैठकले तत्काल मुख्यमन्त्री र मन्त्रीहरूले राजीनामा नदिने, बरु सत्ता समीकरण जोगाउने प्रयास गरेपछि मात्रै आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि प्रदेशको अवस्थाअनुसार सबै दलसँग संवाद र समन्वय गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए।

‘प्रदेशको वस्तुस्थितिअनुसार सत्ता सहकार्यका लागि सबै दलसँग संवाद र समन्वय गर्ने कुरा भएको छ,’ यादवले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending