Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

एकै महिनामा ४१ हजार वृक्षरोपण

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले ‘हरित मटिहानी’ अभियानअन्तर्गत एक महिनामा ४१ हजार वृक्षरोपण गरेको छ । गत असारमा एक महिनाको अवधिभित्रै यहाँका किसानले विभिन्न जातका ४१ हजार वृक्षरोपण गरेका हुन् । 

मटिहानीमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ कार्यक्रमअन्तर्गत एक महिनामा ४१ हजार बिरुवा रोपिएका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । 

“हामीले यस अभियानमा नगर क्षेत्रका नागरिकलाई परिचालन गरेर ४१ हजार बिरुवा पोप्न सफल भएका हौँ, उहाँहरूले आआफ्ना बारीमा बिरुवा रोपेकाले संरक्षणको सुनिश्चितता पनि बढेको छ, नभए विगतमा रोप्न तर संरक्षण नगर्ने भन्ने आरोप लाग्ने गरेको थियो”, मण्डलले भने ।

यस अभियानअन्तर्गत असार दोस्रो साताभित्र १० हजार कागती, तेस्रो सातामा १० हजार उन्नत जातका केरा र चौथो सातामा घाँस प्रयोजनका लागि कटहर, बकाइनो र इपिलिपिलसहित २१ हजार नयाँ बिरुवा रोपिएका उनले जानकारी दिए । कटहर भने फल र घाँस प्रयोजनमा प्रयोग हुने बहुउपयोगी वनस्पति हो । 

नगरपालिकाले साना किसानको जीवनस्तर उकास्न हेफर इन्टरनेशनलसँगको सहकार्यमा किसानलाई फलफूल र घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको हो । यसमा विपन्न किसान परिवारलाई प्राथमिकता राखिएको नगरपालिकाले जनाएको छ । 

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले नगरक्षेत्र हराभरा, फलमा आत्मनिर्भर र पशुपालन व्यवसाय सञ्चालन गर्न यस अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे । “हामीले गरिब किसान पहिचान गरेका छौँ । पछिल्लो साता रोपिएका २१ हजार बिरुवा घाँस प्रयोजनका छन्, यसले किसानलाई पशुपालन सहज बनाउने छ”, उनी भन्छन्, “यसैगरी फलमा आत्मनिर्भर बनाउन यसअघि आँप र लिच्चीका बिरुवा रोप्न लगाइएको छ, गत असारमा मात्रै नगरक्षेत्रका किसानले १० हजार कागतीका बिरुवा रोपेका छन् ।”

नगरपालिकाले साना किसानलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले पछिल्ला पाँच वर्षयता अन्नबाली (धान, गहुँ)को उन्नत बीउ, फलफूल र घाँसका बिरुवा वितरण गर्दै आएको उनले जानकारी दिए । “हाम्रो ध्येय साना किसानको आर्थिक गतिविधि बढाउँदै फलफूल, मासु, दूध र अन्नबालीमा आत्मनिर्भर बनाउनु हो । यसका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध काम थालेका छौँ ।”

मटिहानी तरकारी र आँपको पकेटक्षेत्र मानिन्छ । यसैगरी यहाँ सघन रूपमा मखान (पोखरीको पानीमा लगाइने फल) खेती पनि हुँदै आएको छ । त्यसैले नगरपालिकाले किसानको सहजताका लागि कृषि उत्पादन टिपेर राख्ने टोकरी, डिजिटल तराजु, वर्षाबाट जोगाउन त्रिपाल र बोरा सिउने फलामे सियोसहितका सामग्री परियोजनाको सहयोगमा उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त आकासे पानीका भरको खेतीलाई सिँचाइमा आत्मनिर्भर बनाउन बोरिङ जडानका तथा पशुबस्तुको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरिएको नगरप्रमुख मण्डल बताए । 

यस्ता सहयोगले यहाँका किसान पनि उत्साहित छन् । मटिहानी–७ का किसान वैजनाथ कापर भने, “नगरपालिकाले विभिन्न सहयोग र सहजीकरण गरिरहेकाले हामीमा कृषिकर्म गर्ने जाँगर र विश्वास जागेको छ । अब आफ्नै यहाँका उत्पादन भण्डारणका लागि चिस्यानघर बनाइदिन धेरै राहत हुन्थ्यो, यस विषयमा नगरकोे नेतृत्वसँग माग गरिरहेका छौँ ।”

मटिहानी–७ कै भदैया मण्डलले पनि अबको आवश्यकता चिस्यानघर भएको बताए । “उत्पादनका लागि नगरपालिकाबाट थोरै भए पनि सहयोग पाएका छौँ, अब कोल्डस्टोर (चिस्यानघर) भए हुन्थ्यो, त्यसपछि हाम्रा उत्पादन भण्डारण गरेर राम्रो बजार भाउ पाउने बेला बेच्न सकिन्थ्यो ।”

नगरपालिकाले सञ्चालन गरेको हरित मटिहानी अभियानअन्तर्गत किसानले आफ्ना खेतबारीमा फलफूल र घाँसका रुख हुर्काउन थालेसँगै यहाँका सार्वजनिकस्थल तथा खाली चउरमा पनि विभिन्न प्रजातिका सौन्दर्य बढाउने फूल रोपिएका छन् । यसले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । 

तीन सय पाँच वर्ष पुरानो गुरुकूल पाठशाला, लक्ष्मीनारायण मठ, पिरबाबा मजार, लक्ष्मीनारायण मन्दिर, लक्ष्मीसागर महाआरती, तस्मैयाबाबाको खन्ती र सधैँ फर्फराइरहने एक सय १० फिट अग्लो राष्ट्रिय झण्डालेसमेत आकर्षण थपिरहेका छन्, जसको दर्शन र अवलोकनका लागि श्रद्धालु भक्तजनको बाक्लै उपस्थिति हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE