Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एकै महिनामा ४१ हजार वृक्षरोपण

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले ‘हरित मटिहानी’ अभियानअन्तर्गत एक महिनामा ४१ हजार वृक्षरोपण गरेको छ । गत असारमा एक महिनाको अवधिभित्रै यहाँका किसानले विभिन्न जातका ४१ हजार वृक्षरोपण गरेका हुन् । 

मटिहानीमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ कार्यक्रमअन्तर्गत एक महिनामा ४१ हजार बिरुवा रोपिएका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । 

“हामीले यस अभियानमा नगर क्षेत्रका नागरिकलाई परिचालन गरेर ४१ हजार बिरुवा पोप्न सफल भएका हौँ, उहाँहरूले आआफ्ना बारीमा बिरुवा रोपेकाले संरक्षणको सुनिश्चितता पनि बढेको छ, नभए विगतमा रोप्न तर संरक्षण नगर्ने भन्ने आरोप लाग्ने गरेको थियो”, मण्डलले भने ।

यस अभियानअन्तर्गत असार दोस्रो साताभित्र १० हजार कागती, तेस्रो सातामा १० हजार उन्नत जातका केरा र चौथो सातामा घाँस प्रयोजनका लागि कटहर, बकाइनो र इपिलिपिलसहित २१ हजार नयाँ बिरुवा रोपिएका उनले जानकारी दिए । कटहर भने फल र घाँस प्रयोजनमा प्रयोग हुने बहुउपयोगी वनस्पति हो । 

नगरपालिकाले साना किसानको जीवनस्तर उकास्न हेफर इन्टरनेशनलसँगको सहकार्यमा किसानलाई फलफूल र घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको हो । यसमा विपन्न किसान परिवारलाई प्राथमिकता राखिएको नगरपालिकाले जनाएको छ । 

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले नगरक्षेत्र हराभरा, फलमा आत्मनिर्भर र पशुपालन व्यवसाय सञ्चालन गर्न यस अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे । “हामीले गरिब किसान पहिचान गरेका छौँ । पछिल्लो साता रोपिएका २१ हजार बिरुवा घाँस प्रयोजनका छन्, यसले किसानलाई पशुपालन सहज बनाउने छ”, उनी भन्छन्, “यसैगरी फलमा आत्मनिर्भर बनाउन यसअघि आँप र लिच्चीका बिरुवा रोप्न लगाइएको छ, गत असारमा मात्रै नगरक्षेत्रका किसानले १० हजार कागतीका बिरुवा रोपेका छन् ।”

नगरपालिकाले साना किसानलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले पछिल्ला पाँच वर्षयता अन्नबाली (धान, गहुँ)को उन्नत बीउ, फलफूल र घाँसका बिरुवा वितरण गर्दै आएको उनले जानकारी दिए । “हाम्रो ध्येय साना किसानको आर्थिक गतिविधि बढाउँदै फलफूल, मासु, दूध र अन्नबालीमा आत्मनिर्भर बनाउनु हो । यसका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध काम थालेका छौँ ।”

मटिहानी तरकारी र आँपको पकेटक्षेत्र मानिन्छ । यसैगरी यहाँ सघन रूपमा मखान (पोखरीको पानीमा लगाइने फल) खेती पनि हुँदै आएको छ । त्यसैले नगरपालिकाले किसानको सहजताका लागि कृषि उत्पादन टिपेर राख्ने टोकरी, डिजिटल तराजु, वर्षाबाट जोगाउन त्रिपाल र बोरा सिउने फलामे सियोसहितका सामग्री परियोजनाको सहयोगमा उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त आकासे पानीका भरको खेतीलाई सिँचाइमा आत्मनिर्भर बनाउन बोरिङ जडानका तथा पशुबस्तुको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरिएको नगरप्रमुख मण्डल बताए । 

यस्ता सहयोगले यहाँका किसान पनि उत्साहित छन् । मटिहानी–७ का किसान वैजनाथ कापर भने, “नगरपालिकाले विभिन्न सहयोग र सहजीकरण गरिरहेकाले हामीमा कृषिकर्म गर्ने जाँगर र विश्वास जागेको छ । अब आफ्नै यहाँका उत्पादन भण्डारणका लागि चिस्यानघर बनाइदिन धेरै राहत हुन्थ्यो, यस विषयमा नगरकोे नेतृत्वसँग माग गरिरहेका छौँ ।”

मटिहानी–७ कै भदैया मण्डलले पनि अबको आवश्यकता चिस्यानघर भएको बताए । “उत्पादनका लागि नगरपालिकाबाट थोरै भए पनि सहयोग पाएका छौँ, अब कोल्डस्टोर (चिस्यानघर) भए हुन्थ्यो, त्यसपछि हाम्रा उत्पादन भण्डारण गरेर राम्रो बजार भाउ पाउने बेला बेच्न सकिन्थ्यो ।”

नगरपालिकाले सञ्चालन गरेको हरित मटिहानी अभियानअन्तर्गत किसानले आफ्ना खेतबारीमा फलफूल र घाँसका रुख हुर्काउन थालेसँगै यहाँका सार्वजनिकस्थल तथा खाली चउरमा पनि विभिन्न प्रजातिका सौन्दर्य बढाउने फूल रोपिएका छन् । यसले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । 

तीन सय पाँच वर्ष पुरानो गुरुकूल पाठशाला, लक्ष्मीनारायण मठ, पिरबाबा मजार, लक्ष्मीनारायण मन्दिर, लक्ष्मीसागर महाआरती, तस्मैयाबाबाको खन्ती र सधैँ फर्फराइरहने एक सय १० फिट अग्लो राष्ट्रिय झण्डालेसमेत आकर्षण थपिरहेका छन्, जसको दर्शन र अवलोकनका लागि श्रद्धालु भक्तजनको बाक्लै उपस्थिति हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending