एजेन्सी । दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतिहरुलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ । सन् २०२१ मा राष्ट्रिय स्वास्थ्य बीमा संस्था (एनएचआईएस) ले समलिङ्गी जोडी भएकै कारण आश्रितको रुपमा आफ्नो जीवनसाथीले प्राप्त गर्ने लाभहरु समाप्त गरेपछि सन् २०१९ मा विवाह गरेर सँगै बस्दै आएका एक समलिङ्गी जोडी सो सेओङ–वुक र किम योङ–मिनले संस्था विरुद्ध मुद्धा दायर गरेका थिए ।
गत वर्षको सियोल उच्च अदालतले एनएचआईएसलाई उनीहरुको आश्रित लाभहरू पुनर्स्थापित गर्न आदेश दिँदै दम्पतीको पक्षमा फैसला सुनाएको थियो । समलिङ्गी विवाहलाई मान्यता नदिएको दक्षिण कोरियामा यो विवाहको कुनै कानुनी वैधता भने छैन । उच्च अदालतको यस फैसला विरुद्ध एनएचआईएसले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।
“समलिङ्गी भएकै कारण जोडीहरुलाई बहिष्कार गर्नु यौनिक एवं लैङ्गिकतामा आधारित भेदभाव हो, सर्वोच्च अदालतले फैसला सुनाएको छ । यो एक भेदभावपूर्ण कार्य हो जसले मानव गरिमा र मूल्यमान्यता, खुशीको खोजी गर्ने अधिकार, गोपनीयताको स्वतन्त्रता र समानताको अधिकारको उल्लङ्घन गर्दछ ।
“राष्ट्रिय स्वास्थ्य बीमाले समलिङ्गी जोडीहरूका लागि वैवाहिक बिमा सम्बन्धी व्यवस्थालाई मान्यता दिनुपर्छ”, सर्वोच्च अदालतले फैसला सुनाएको हो । देशको सर्वोच्च अदालतबाट आएको यो फैसलामाथि पुनरावेदन गर्न मिल्दैन । यसको अर्थ समलिङ्गी दम्पतिले अब स्वास्थ्य बीमा गर्दा आफ्नो जीवनसाथीलाई आश्रितको रूपमा दर्ता गर्न सक्नेछन ।
सर्वोच्च अदालतको फैसला देशको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि एक महत्वपूर्ण क्षण हो । सर्वोच्चको उक्त फैसलापश्चात इन्द्रेणी छाता बोकेका मानिसहरू खुशीका आँसु पुछदै अदालत बाहिर निस्किएका थिए ।
देशले समलिङ्गी विवाहलाई मान्यता दिदैँन तर समलिङ्गी सम्बन्धलाई अपराधीकरण पनि गरेको छैन । अधिकारकर्मीहरुले लामो समयदेखि यौनिक एवं लैङ्गिकता आधारमा हुने भेदभावविरुद्ध कानुन बनाउनुपर्ने कुरामा जोड दिँदै आएका छन् । तर सांसदहरू बीच सहमति हुन नसक्दा दक्षिण कोरियामा हालसम्म भेदभाव विरोधी कानून बन्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: