एजेन्सी । दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतिहरुलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ । सन् २०२१ मा राष्ट्रिय स्वास्थ्य बीमा संस्था (एनएचआईएस) ले समलिङ्गी जोडी भएकै कारण आश्रितको रुपमा आफ्नो जीवनसाथीले प्राप्त गर्ने लाभहरु समाप्त गरेपछि सन् २०१९ मा विवाह गरेर सँगै बस्दै आएका एक समलिङ्गी जोडी सो सेओङ–वुक र किम योङ–मिनले संस्था विरुद्ध मुद्धा दायर गरेका थिए ।
गत वर्षको सियोल उच्च अदालतले एनएचआईएसलाई उनीहरुको आश्रित लाभहरू पुनर्स्थापित गर्न आदेश दिँदै दम्पतीको पक्षमा फैसला सुनाएको थियो । समलिङ्गी विवाहलाई मान्यता नदिएको दक्षिण कोरियामा यो विवाहको कुनै कानुनी वैधता भने छैन । उच्च अदालतको यस फैसला विरुद्ध एनएचआईएसले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।
“समलिङ्गी भएकै कारण जोडीहरुलाई बहिष्कार गर्नु यौनिक एवं लैङ्गिकतामा आधारित भेदभाव हो, सर्वोच्च अदालतले फैसला सुनाएको छ । यो एक भेदभावपूर्ण कार्य हो जसले मानव गरिमा र मूल्यमान्यता, खुशीको खोजी गर्ने अधिकार, गोपनीयताको स्वतन्त्रता र समानताको अधिकारको उल्लङ्घन गर्दछ ।
“राष्ट्रिय स्वास्थ्य बीमाले समलिङ्गी जोडीहरूका लागि वैवाहिक बिमा सम्बन्धी व्यवस्थालाई मान्यता दिनुपर्छ”, सर्वोच्च अदालतले फैसला सुनाएको हो । देशको सर्वोच्च अदालतबाट आएको यो फैसलामाथि पुनरावेदन गर्न मिल्दैन । यसको अर्थ समलिङ्गी दम्पतिले अब स्वास्थ्य बीमा गर्दा आफ्नो जीवनसाथीलाई आश्रितको रूपमा दर्ता गर्न सक्नेछन ।
सर्वोच्च अदालतको फैसला देशको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि एक महत्वपूर्ण क्षण हो । सर्वोच्चको उक्त फैसलापश्चात इन्द्रेणी छाता बोकेका मानिसहरू खुशीका आँसु पुछदै अदालत बाहिर निस्किएका थिए ।
देशले समलिङ्गी विवाहलाई मान्यता दिदैँन तर समलिङ्गी सम्बन्धलाई अपराधीकरण पनि गरेको छैन । अधिकारकर्मीहरुले लामो समयदेखि यौनिक एवं लैङ्गिकता आधारमा हुने भेदभावविरुद्ध कानुन बनाउनुपर्ने कुरामा जोड दिँदै आएका छन् । तर सांसदहरू बीच सहमति हुन नसक्दा दक्षिण कोरियामा हालसम्म भेदभाव विरोधी कानून बन्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...




प्रतिकृया लेख्नुहोस्: