गाजा । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ ।
“उच्च तापक्रम, भीडभाड, पानीको अभाव, र व्यक्तिगत स्वच्छताका सामग्री र कीटाणुनाशक जस्ता स्वास्थ्य स्रोतको आपूर्तिको गम्भीर अभावले विस्थापितहरूमा छालाको संक्रमण र ब्याक्टेरिया प्रदूषणमा वृद्धि भएको छ“, युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।
आफूसँग भएको सीमित स्रोत र उपचार सामग्रीको अभावका बावजुद पनि रोगको संक्रमण नियन्त्रण गर्न र स्वास्थ्य केन्द्रमार्फत यस्तै मामिलाहरूको बढ्दो रोकथाम गर्न ठूलो प्रयास गरिरहेको युएनआरडब्लुएले जनाएको छ । एजेन्सीले गाजामा सकेसम्म चाँडो युद्धविराम आवश्यक रहेको कुरामा जोड दियो ।
पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणबाट ८१ जनाको ज्यान गएको छ भने एक सय ९८ जना घाइते भएका छन् ।
यससँगै प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि हालसम्म कुल मृत्यु सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ८९ हजार तीन सय ६४ पुगेको गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: