Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

कति छ कर्णालीका सामाजिक विकास मन्त्रीको सम्पत्ति ?

खबरडबली संवाददाता

सुर्खेत । ठेक्का पट्टाबाट राजनीतिमा आएका वीरबहादुर शाही यति बेला कर्णाली सरकारको सामाजिक विकास मन्त्री रहेका छन् । डोल्पाबाट प्रत्यक्ष चुनाव जितेर प्रदेश सभा सदस्य बनेका उनी माओवादी केन्द्रका नेता हुन् ।

यार्सागुम्बाका व्यापारी शाही माओवादी शान्ति प्रक्रियामा आएपछि राजनीतिमा आएका हुन् । शाहीलाई मुख्यमन्त्री यामलाल कँडेलले गत १८ वैशाखमा मन्त्रीमा नियुक्त गरेका थिए ।

बिहीबार सार्वजनिक सम्पत्ति विवरणमा मन्त्री शाहीले आफू ठेकेदार रहेको खुलाएका छन् । शाही कर्णालीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी देखिएका छन् । संसदीय राजनीतिमा आउनुपूर्व आफैँले चलाउँदै आएको डीबीसी कन्स्ट्रक्सन प्रालि हाल उनकी श्रीमती शीलाकुमार शाहीको नाममा गरेका छन् ।

उक्त कन्स्ट्रक्सन कम्पनीमा मन्त्री शाहीको ७० प्रतिशत र श्रीमती शीलाकुमारीको ३० प्रतिशत सेयर रहेको उल्लेख गरिएको छ । मन्त्री शाहीले आफूसँग चार वटा घर, सात कित्ता जग्गा रहेको खुलाएका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका–५, माझगाउँमा दुईवटा घर छ । उक्त घरहरु पुर्ख्यौली रहेको उनले बताएका छन् । त्यस्तै सुर्खेतमा एउटा र नेपालगञ्जमा एक एक वटा घर छन् ।

नेपालगञ्जको घर १० लाख र सुर्खेतको घर ३५ लाखमा किनेको उनले उल्लेख गरेका छन् । यसको स्रोत ठेक्कापट्टाबाट भएको आम्दानी रहेको मन्त्री शाहीले उल्लेख गरेका छन् । शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ कित्ता जग्गा छ । डोल्पामा ३ कित्ता, रुकुम पश्चिममा २ कित्ता, सुर्खेत र बाँकेमा १÷१ कित्ता रहेको उनले खुलाएका छन् ।

सुर्खेत र बाँकेको १ करोड ५० लाख रुपैयाँमा र रुकुम पश्चिमको ६५ लाख रुपैयाँमा किनेको मन्त्री शाहीले खुलाएका छन् । मन्त्री शाहीसँग ३२ तोला सुन, ५ किलो चाँदी र १० तोला मुगा भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

पुर्ख्यौली र ठेक्का पट्टाबाट सुनचाँदी प्राप्त भएको शाहीले स्रोत खुलाएका छन् । मन्त्री शाहीको एनआईसी बैङ्कको खातामा ५ लाख रकम मौज्दात छ । शाहीले आफू र आफ्नो कन्स्ट्रक्सन कम्पनीका लागि साढे ८ लाख ऋण लिएको पनि खुलाएका छन् ।

शाहीसँग २ वटा डोजर, एउटा ट्याक्टर, दुई वटा मोटरसाइकल र एउटा कार छ । यी सबै ठेक्कापट्टाबाटै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् । डोजरको मूल्य २ करोड ३० लाख, ट्याक्टरको मूल्य ३० लाख उल्लेख गरेका छन् ।

१ करोड ५० लाख मूल्यको टोयटा हाइलक गाडी उनीसँग छ । यो सबै पनि उनले ठेक्कापट्टाबाटै जोडेको बताएका छन् । यस्तै एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, २०० बाख्रासमेत रहेको मन्त्री शाहीले विवरणमा उल्लेख गरेका छन् ।

शाहीसँग एउटा ग्रिल उद्योग पनि छ । उक्त उद्योग एक करोड रुपैयाँमा खरिद गरिएको उल्लेख छ । उक्त उद्योग डोल्पामै रहेको र छोराले चलाइरहेको मन्त्री शाहीले बताएका छन् । ०४८ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय शाही ०५२ सालदेखि माओवादीमा आवद्ध भएको बताएका छन् । तर त्यो बेला उनी खुलेर माओवादी राजनीतिमा नलागेको माओवादी नेताहरू नै बताउँछन् ।

शान्ति प्रक्रियासँगै माओवादी राजनीतिमा आएका शाही हाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् । ०७४ मा प्रदेश सभा सदस्यमा टिकट पाएर जितेका शाही प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत बने । त्यसपछि ०७९ को प्रदेशसभा चुनाव पनि जितेर अहिले उनी सामाजिक विकास मन्त्री बनेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending