Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो

खबरडबली संवाददाता

बलेवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । “स्थानीय तहमा उत्पादनमा आधारित अनुदान कार्यक्रम भए पनि विज्ञ केन्द्रसँग किसान जोडिनुभएको छ”, सापकोटाले भने, “संस्थागत बिक्रीका आधारमा मात्र अनुदान दिने मापदण्ड भएकाले संस्थागत बिक्री नगर्ने किसान अझै छुट्नुभएको छ ।”

कार्यालय तथा सरोकारवालाले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बागलुङ दूध र मासु आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बागलुङमा ९३ लिटर उपलब्ध छ ।  

“दूध र मासु निर्यात हुन्छ, यो सङ्गठित किसानको तथ्याङ्क हो, किसान आफैंले बजार पुर्याएर बिक्री गरेको अझै धेरै परिमाणमा निर्यात हुन्छ”, विज्ञ केन्द्रका वरिष्ठ पशु प्राविधिक केशव शर्माले भने, “हामी पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने चरणमा छौँ ।”

विज्ञ केन्द्रले अघिल्लो आवमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई अनुदान उपलब्ध गराएको थियो । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काग्रेसको प्रश्न: गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको मौनता किन ?

राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आयो

गणेश नेपालीको शव बुझ्न परिवारको अस्वीकार, श्रीमती र छोरीको जिम्मेवारी लिन सरकारसँग माग

काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन्। गणेशका भतिज मन ने...

काठमाडौंको माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु

काठमाडौँ।  गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमा...

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...

पोखरा बसपार्कका २३३ सुकुमबासी परिवारको अन्यत्र पनि जग्गा पाइयो, महानगरलाई प्रतिवेदन बुझाइयो

पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...

आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, गृह मन्त्रालयमा आकस्मिक छलफल

काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...

आत्मदाह प्रयास घटनाबारे सोधपुछ गर्न महानगर प्रहरीका पाँच जना जिल्ला प्रहरीमा बोलाइए

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...

आत्मदाह प्रयास गर्ने गणेश नेपाली जेन–जी आन्दोलनकारी थिए: रक्षा बम

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending