रौतहट । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट स्थित बागमती नदिमा नुहाउने क्रममा डुबेको ३ जना बालक मध्ये २ जनाको उद्वार भएको छ भने बेपत्ता एकजना बालकको खोजीकार्य जारी रहेको छ ।
बिहानैदेखि लागेको चर्को घामले अत्यधिक गर्मिलागेर सोमवार दिउँसो स्थानीय हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी र केशर कवाडीको छोरा बर्ष १२ को सयदुल्ला कवाडी बर्ष ८ को सफर कवाडी गाउँ छेउको बागमती नदीमा नुहाउन गएका थिए ।
नदीमा पौडी खेल्ने क्रममा तीनैजना बालकहरू पानीमा डुबेपछी स्थानीयले सयदुल्ला कवाडी र हसर कवाडी लाई पानीबाट निकालेर तत्काल उपचारको लागी गरुडा तर्फ पठाईएको थियो । हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी नदीमा बेपता भएका छन् ।
घटनाको खबर लगत्तै सशस्त्र प्रहरी सुरक्षा बेश समनपुरका सई सत्य नारायण माझीको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी बरियारपुरबाट असई बिन्देश्वर यादबको कमाण्डमा ३ जना र स्थानियद्धारा खोजी कार्य हुँदा पनि तीनबजेसम्म बेपता बालक फेला परेको छैन ।
पछिल्लो सूचनाको आधारमा सशस्त्र प्रहरी ११ गणबाट इन्स्पेक्टर भुवन घिमिरेको कमाण्डमा १० जना बोटसहित, सुरक्षा बेस सन्तपुरबाट असई कृष्णनन्दन रायको कमाण्डमा ७ जना, सुरक्षा बेस दुधियाभारबाट २ जना र सुरक्षा बेस भलोहियाबाट ४ जना लगायत ३० जनाको टोलि परिचालन गरेर बेपत्ता बालकको खोजी कार्य भई रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । उद्धार भएका दुईजना बालकको अवस्था खतरामुक्त रहेको एसपी हुमागाईंले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: