Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

प्रचण्डबाबुको 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजानीक

खबरडबली संवाददाता

काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित समारोहमा गायक यम बराल, संगीतकारहरु सुरेश अधिकारी, गणेश पराजुली, वसन्त सापकोटा लगायतले गीतको विमोचन गरे । गीतको भिडियो सार्वजनिकपछि बोल्दै गायक यम बरालले गायकी र भिडियो मेकिङको प्रशंसा गरे । 'प्रेम प्राप्तिपछिको वियोग भावको गीत मर्मस्पर्शी छ । भिडियोले गीतको भावलाई चरितार्थ गर्ने प्रयास गरेको छ,' उनले भने ।

संगीतकार सुरेश अधिकारीले सुगम संगीतमा आधारित गीतको शब्द, संगीत, गायकी र भिडियो राम्रो रहेको बताए । 'गायक प्रचण्डबाबुको गायकी पनि मनपर्‍यो, भिडियो पनि राम्रो बनेको रहेछ, शुभकामना छ,' उनले भने । संगीतकार वसन्त सापकोटाले आफूले केही वर्षअघि लेखेको शब्दमा संगीत भरेर गायक प्रचण्डबाबुसँग सहकार्य गर्दा यसले जीवन पाएको महसुस भएको बताए ।

गायक प्रचण्डबाबु राईले आफू अनौपचारिक रुपमा करिब दुई दशकदेखि संगीतमा लागेको भएपनि अढाई वर्षअघि मात्रै पहिलो गीत गर्ने अवसर पाएको बताए । 'अब सकेसम्म संगीतमा केही गर्ने सोच बनाएको छु । म रहरले होइन, प्यासनले नै संगीतमा लागेको हुँ,' उनले भने,'यो नयाँ गीतको अडियो र भिडियो दुवैमा निकै मेहनत गरेका छौं । आशा छ यसले मेरो सांगीतिक करिअरमा केही न केही योगदान दिनेछ ।'

निर्देशक निकेश खड्काले उक्त गीतको भिडियो निर्माण प्रक्रियाबारे सुनाएका थिए । भिडियोमा स्मारिका ढकाल, नमराज नेपाल र प्रेम राईले अभिनय गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन रहेको छ ।

उनले रचना रिमालसँग गाएको 'दिल खोलेर कुरा गर न' गीतलाई श्रोता-दर्शकले निकै रुचाएका थिए । उनको केही महिनाअघि 'तिम्रै याद आउँछ' र त्यसअघि 'अमेरिकामा ब्रेकफास्ट गरौंला' लगायत गीत सार्वजनिक भएका थिए । 'यो मायाले के गर्‍यो के गर्‍यो'लाई 'वसन्त सापकोटा' युट्युब च्यानलमा रिलिज गरिएको छ । 

 

 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending