काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत 'यो मायाले के गर्यो के गर्यो' सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित समारोहमा गायक यम बराल, संगीतकारहरु सुरेश अधिकारी, गणेश पराजुली, वसन्त सापकोटा लगायतले गीतको विमोचन गरे । गीतको भिडियो सार्वजनिकपछि बोल्दै गायक यम बरालले गायकी र भिडियो मेकिङको प्रशंसा गरे । 'प्रेम प्राप्तिपछिको वियोग भावको गीत मर्मस्पर्शी छ । भिडियोले गीतको भावलाई चरितार्थ गर्ने प्रयास गरेको छ,' उनले भने ।
संगीतकार सुरेश अधिकारीले सुगम संगीतमा आधारित गीतको शब्द, संगीत, गायकी र भिडियो राम्रो रहेको बताए । 'गायक प्रचण्डबाबुको गायकी पनि मनपर्यो, भिडियो पनि राम्रो बनेको रहेछ, शुभकामना छ,' उनले भने । संगीतकार वसन्त सापकोटाले आफूले केही वर्षअघि लेखेको शब्दमा संगीत भरेर गायक प्रचण्डबाबुसँग सहकार्य गर्दा यसले जीवन पाएको महसुस भएको बताए ।
गायक प्रचण्डबाबु राईले आफू अनौपचारिक रुपमा करिब दुई दशकदेखि संगीतमा लागेको भएपनि अढाई वर्षअघि मात्रै पहिलो गीत गर्ने अवसर पाएको बताए । 'अब सकेसम्म संगीतमा केही गर्ने सोच बनाएको छु । म रहरले होइन, प्यासनले नै संगीतमा लागेको हुँ,' उनले भने,'यो नयाँ गीतको अडियो र भिडियो दुवैमा निकै मेहनत गरेका छौं । आशा छ यसले मेरो सांगीतिक करिअरमा केही न केही योगदान दिनेछ ।'
निर्देशक निकेश खड्काले उक्त गीतको भिडियो निर्माण प्रक्रियाबारे सुनाएका थिए । भिडियोमा स्मारिका ढकाल, नमराज नेपाल र प्रेम राईले अभिनय गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन रहेको छ ।
उनले रचना रिमालसँग गाएको 'दिल खोलेर कुरा गर न' गीतलाई श्रोता-दर्शकले निकै रुचाएका थिए । उनको केही महिनाअघि 'तिम्रै याद आउँछ' र त्यसअघि 'अमेरिकामा ब्रेकफास्ट गरौंला' लगायत गीत सार्वजनिक भएका थिए । 'यो मायाले के गर्यो के गर्यो'लाई 'वसन्त सापकोटा' युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: