Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने

खबरडबली संवाददाता

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रुपमा अगाडि बढाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी भविश्वर शर्मा समूहको ‘उम्मेदवार परिचयात्मक’कार्यक्रममा अध्यक्षका उम्मेदवार शर्माले ठमेललाई डिजिटलरुपमा अगाडि बढाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए । 

“हामीले स्थानीय सरकारसँगको सहकार्यमा ठमेलभित्रका देखिएका समस्या समाधान गरे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा परिचित ठमेललाई प्रविधिको विकाससँग जोड्न नसकेकाले डिजिटल ठमेललाई प्राथमिकतामा राखेका छौँ”, उनले भने । अध्यक्ष शर्माले आफू निर्वाचित भएर डिजिटल ठमेललाई पहिलो प्राथमिकतामा राखी पर्यटन विकास परिषद्को आफ्नो वेबसाइटमार्फत सम्पूर्ण व्यवसायी तथा घरधनीको तथ्याङ्क सङ्कलन गरी स्वदेशी तथा विदेशी पर्यटकले आफूलाई चाहिने जानकारी सहजै प्राप्त गर्नसक्ने बनाउन लागिएको बताए । 

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरिने, शान्ति सुरक्षालाई व्यवस्थापन गरिने, ट्राफिक तथा फोहर व्यवस्थापन, तार तथा सडकबत्ती व्यवस्थापन, घरबेटी र व्यवसायीबीच सुमधुर सम्बन्ध राखिने उनले बताए । अध्यक्षका अर्का उम्मेदवार धुव्र अधिकारीले विगत कार्यसमितिले अगाडि सारेका सकारात्मक योजनालाई पूरा गर्न आफूले उम्मेदवारी दिन लागेको बताए । उनले व्यवस्थित ठमेल निर्माणका लागि यहाँभित्रका घरबेटी र व्यवसायीबीच सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । 

सफा, सुन्दर र सुरक्षित ठमेल आफ्नो सङ्कल्प भएको अधिकारीले बताए । उक्त निर्वाचनमा दुवै समूहबाट उपाध्यक्ष पदका लागि सहदेव (विमल) धमला, राजीव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारले उम्मेदवारी दिएका छन् । सचिवमा पुण्यराम लागेजु र दिलीप (मिलन) कँडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ । 

सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाईं, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रञ्जयमान प्रधान, नवीन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईंले जानकारी दिए । परिषदको २९औँ साधारणसभा तथा निर्वाचनका लागि एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउने छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE