एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षा गर्न नाटोको समर्थन गर्ने वाचा गरेका छन् । “पुटिन युक्रेनमा पूर्ण कब्जा गर्न चाहन्छन् । उनले युक्रेनको लोकतन्त्रको अन्त्य, संस्कृतिलाई नष्ट गर्न र युक्रेनको भौगोलिक अस्तित्वलाई मेटाउन चाहनुहुन्छ,” राष्ट्रपति बाइडेनले मङ्गलबार वाशिङ्गटन डिसीमा आयोजित तीन दिने नाटो शिखर सम्मेलनको उद्घाटनालाई सम्बोधन गर्दै भने ।
उनले संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, रोमानिया र इटालीले युक्रेनलाई पाँच अतिरिक्त रणनीतिक हवाई रक्षा प्रणालीका उपकरणहरू प्रदान गर्ने बताए । बाइडेनले भने, “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली (इन्टरसेप्टर) निर्यात गर्ने सुनिश्चित गर्नेछ । अरू कुनै देशले यो सहायता प्राप्त गर्नुअघि युक्रेनले यो सहायता पाउनेछ ।” उनले युक्रेन स्वतन्त्र देश रहेको र स्वतन्त्र रहँदै युद्ध समाप्त हुनेमा जोड दिए । “रूसको विजय हुने छैन, युक्रेन विजयी हुनेछ,” राष्ट्रपति बाइडेनले भने ।
युक्रेनको हवाई रक्षा सुदृढीकरणसम्बन्धी संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेन, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक सुफ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, रोमानियाका राष्ट्रपति क्लाउस इओहानिस र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हस्ताक्षर गरेका छन् ।
“पाँच रणनीतिक हवाई–रक्षा प्रणालीले युक्रेनी सहर, नागरिक र सैनिकहरूको रक्षा गर्न मद्दत गर्नेछ र यी प्रणालीहरू द्रुत रूपमा प्रयोग गर्न सकियोस् भनी हामी युक्रेनी सरकारसँग समन्वय गर्दैछौं,” संयुक्त विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
“यो सहयोग हाम्रो देशलाई मात्र आवश्यक नभई हरेक साझेदार राष्ट्रका लागि आवश्यक छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए । यसैबीच, नाटो शिखर सम्मेलनको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनले नाटोका महासचिव स्टोल्टेनबर्गलाई संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान, प्रेसिडेन्सियल मेडल अफ फ्रिडमबाट सम्मानित गरेका छन् ।
नाटोका ३२ सदस्य र पाँच साझेदार देशहरू सदस्य रहेको अस्ट्रेलिया, न्युजिल्यान्ड, युक्रेन, दक्षिण कोरिया र जापानका नेताहरूले सन् १९४९ ४ अप्रिलमा स्थापना भएको सैन्य गठबन्धनको सम्झनामा शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: