एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षा गर्न नाटोको समर्थन गर्ने वाचा गरेका छन् । “पुटिन युक्रेनमा पूर्ण कब्जा गर्न चाहन्छन् । उनले युक्रेनको लोकतन्त्रको अन्त्य, संस्कृतिलाई नष्ट गर्न र युक्रेनको भौगोलिक अस्तित्वलाई मेटाउन चाहनुहुन्छ,” राष्ट्रपति बाइडेनले मङ्गलबार वाशिङ्गटन डिसीमा आयोजित तीन दिने नाटो शिखर सम्मेलनको उद्घाटनालाई सम्बोधन गर्दै भने ।
उनले संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, रोमानिया र इटालीले युक्रेनलाई पाँच अतिरिक्त रणनीतिक हवाई रक्षा प्रणालीका उपकरणहरू प्रदान गर्ने बताए । बाइडेनले भने, “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली (इन्टरसेप्टर) निर्यात गर्ने सुनिश्चित गर्नेछ । अरू कुनै देशले यो सहायता प्राप्त गर्नुअघि युक्रेनले यो सहायता पाउनेछ ।” उनले युक्रेन स्वतन्त्र देश रहेको र स्वतन्त्र रहँदै युद्ध समाप्त हुनेमा जोड दिए । “रूसको विजय हुने छैन, युक्रेन विजयी हुनेछ,” राष्ट्रपति बाइडेनले भने ।
युक्रेनको हवाई रक्षा सुदृढीकरणसम्बन्धी संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेन, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक सुफ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, रोमानियाका राष्ट्रपति क्लाउस इओहानिस र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हस्ताक्षर गरेका छन् ।
“पाँच रणनीतिक हवाई–रक्षा प्रणालीले युक्रेनी सहर, नागरिक र सैनिकहरूको रक्षा गर्न मद्दत गर्नेछ र यी प्रणालीहरू द्रुत रूपमा प्रयोग गर्न सकियोस् भनी हामी युक्रेनी सरकारसँग समन्वय गर्दैछौं,” संयुक्त विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
“यो सहयोग हाम्रो देशलाई मात्र आवश्यक नभई हरेक साझेदार राष्ट्रका लागि आवश्यक छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए । यसैबीच, नाटो शिखर सम्मेलनको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनले नाटोका महासचिव स्टोल्टेनबर्गलाई संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान, प्रेसिडेन्सियल मेडल अफ फ्रिडमबाट सम्मानित गरेका छन् ।
नाटोका ३२ सदस्य र पाँच साझेदार देशहरू सदस्य रहेको अस्ट्रेलिया, न्युजिल्यान्ड, युक्रेन, दक्षिण कोरिया र जापानका नेताहरूले सन् १९४९ ४ अप्रिलमा स्थापना भएको सैन्य गठबन्धनको सम्झनामा शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: