धनगढी । कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाढीमा डुबेर तीन महिला, एक पुरुष, एक बालक गरी पाँच जनाको मृत्यु भएको हो ।
आज बिहान पुनर्वास नगरपालिका–५ का तीन किशोरीको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा ग गाउँकी १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटी हुनुहुन्छ । तीनै जनाको शव फेला परिसकेको जोशीले जानकारी दिए । उनका अनुसार एक टोलबाट अर्को टोलमा जाने क्रममा बाढीले बगाउँदा उनिहरु डुबेर बेपत्ता भएका थिए । उनिहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् ।
यसैगरी, कृष्णपुर नगरपालिका–१ पहरियाका सात महिने बालक सोनु धानुकको विहानै डुबेर ज्यान गएको थियो । घरमा पानी पसेको बेला खाटबाट खसेका बालकको डुबेर ज्यान गएको जोशीले बताए । यस्तै, बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरीको चौधर नदीमा डुबेर ज्यान गएको छ । आइतबार साँझ चौधर नदीमा माछा मार्न गएको बेला चौधरी नदीमा डुबेर बेपत्ता भएका थिए ।
कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका १८ वर्षीय अजय राना भुर्रा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटेको प्रहरी टोलीले बेपत्ता रानाको खोजी गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: