Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सप्तकोशी नदीमा बहाव बढ्यो

खबरडबली संवाददाता

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । 

सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार विहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ । आज रातिबाट पानीको बहाव झन बढेपछि ब्यारेजका ५६ वटै ढोका आइतवार विहान ९ बजेदेखि खोलिएको थियो । 

सप्तकोशी चतरा जल मापन केन्द्रले आज दिउँसो ४ बजे १ लाख ७२ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी योजना आयोग बिराटनगरका सम्पर्क भूआर्जन अधिकृति प्रमोद पौडेलले बताए । 

आज विहान १० बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार १५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो । आज विहान १० बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार १५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो । आज विहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ंं लाख ४२ हजार ६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

हिजो शनिवार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए । उनका अनुसार कोशीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको छ । 

सन २०११ साल बैशाख १५ गते नेपाल र भारतबिच कोशी योजनासम्बन्धी सम्झौता पश्चात कोशी ब्यारेज बनेको थियो । ‘९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने कोशी ब्यारेज पुल भए पनि अहिलेसम्म सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार दुईसय क्युसेक पानी बगेको कोशी योजना बिराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत प्रमोद पौडेलले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending