Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन

खबरडबली संवाददाता

काठमाडौं । सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बीच विमोचन गरिएको छ ।  शुक्रबार काठमाडौंको वत्तिसपुतलीमा मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरुको हातबाट पुस्तक विमोचन गरिएको हो । 

पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाईका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे । उनले अमेरिका लगायत विश्वका जहाँ रहेपनि नेपालीहरुलाई आफ्नो मातृभूमीको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए । 

रेग्मीले भने, ‘जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगेपनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन भन्ने लाग्दछ । शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगेपनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो । रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउँन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस, बैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायीक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरु समृद्ध हुन्छन् ।’

कार्यक्रममा पुस्तक बिमोचन कार्यक्रमको आयोजक संस्था युएस नेपाल चेम्बर अफ कमर्स अमेरिकाका उपाध्यक्ष,बरिस्ठ पत्रकार एबम एनआरएनए अभियन्ता बेद प्रसाद खरेलले पुस्तकले वास्तविक अमेरिकाको बारेमा जानकारी गराएको बताए । कार्यक्रममा एनआरएनए अभियन्ता बुद्धि सुवेदीले पुस्तकको सफलताको शुभकामना ब्यक्त गरे । 

सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ति नेपालीहरुको आर्थिक समृद्धिका लागि बाटो देखाउँने काममा आफू लागिरहेको बताए । उनले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे । 

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरु लगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए । 

२८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरुको अवस्था, अमेरिकी जिवन प्रारम्भका लागि सुझावहरु, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरु, सडक सुरक्षा र नियम, नेपालसँग सन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरु समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैया रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending