चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् ।
असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ५६ वर्षका चिनियाँ नागरिक बियान चाङ्क्सिन आज बिहान अस्पताल बाहिरको होटलमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार क्यान्सर अस्पताल अगाडिको वर्षाना होटलको कोठा नम्बर ११९ मा बसी उपचार गराइरहेका उनी आज मृत भेटिएका हुन् ।
बिहान ८ बजेर ५५ मिनेटमा होटलको ट्वाइलेटमा घोप्टी परेको अवस्थामा मृत भेटिएको जानकारी प्राप्त भएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार मृतक चिनिया नागरिकको बारेमा नेपालस्थित चिनिया राजदुतावासमा कुराकानी भइसकेको छ ।
राजदुतावाससँगको समन्वयमा शव व्यवस्थापन तथा अनुसन्धानको प्रकृया अघि बढाइने डिएसपी रिजालले नेपाल प्रेसलाई जानकारी दिए । डिएसपी रिजालका अनुसार ६ दिनदेखि बियान होटलमा एक्लै बस्दै आएका थिए । उनी नेपाल उपचार बाहेक कुन प्रयोजनमा बस्दै आएका थिए भन्ने पनि नखुलेको डिएसपी रिजालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: