Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

राप्ती इञ्जिनियरिङमा कम्प्युटर तालिमको प्रमाण पत्र वितरण

खबरडबली संवाददाता

दाङ । घोराही उपमहानगरपालिका आर्थिक सहयोग र राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा संचालन भएको ३ महिने कम्प्युटर तालिमको एक समारोहका बीच प्रमाण वितरण गरिएको छ ।

कलेज व्यवस्थापम समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशन डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरमालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादुर डागीले विद्यार्थीले सिकेको सीपलाई व्यवहारमा लागू गर्नु पर्ने बताए । 

अहिले युग सुचना र संचार प्रविधिको युग भएकोले विद्यार्थीहरुले उच्च शिक्षामा कम्प्युटर विषय लिएकर पढदा रोजगारीका थुपै्र अवसरहरु प्राप्त हुने उनकाे भनाइ थियाे । जनताकाे जीवन स्तर बढाउनमा पनि कलेज अहंम भूमिका रहेको र आउँदा दिनमा कलेज र वडा कार्यालय बीच सहकार्य गरी १६ नं वडालाई अन्य वडा भन्दा फरक वडाको रुपमा पहिचान बनाउने उनकाे प्रतिवद्वता थियाे  । उनले आगामी वर्षमा एसईई दिएर बसेका विद्यार्थीहरु कम्प्युटर तालिम दिनको लागि आवश्यक रकम विनियोजन गरिसकेको पनि जानकारी गराए । १६ नं वडामा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि कलेजको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै कलेज व्यवस्थापम समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशन डा‍ भीमसेन गिरीले प्राविधिक शिक्षा भन्नाले स्तरीय जीवन यापनका लागि चाहिने गुणस्तरीय सीप र ज्ञान भन्ने बुझिने बताउँदै वर्तमानमा त्यो जीवनपयोगी शिक्षालाई प्राविधिक शिक्षा भन्ने चलन अझै व्यापक हुदै गएको बताए । अहिले देशमा सबैभन्दा ठूलो आवश्यकता भनेको प्राविधिक तथा उत्पादनमुखी शिक्षा रहेकाे उनकाे भनाइ थियाे । देशको विकामा धेरै पछाडि हुने मुख्य कारण यही रहेकाे बताउँदै युवाहरुलाई प्राविधिक शिक्षा दिन सक्यो भने परनिर्भरताको अन्त्य र देश विकासको यात्रा शुरु गर्न सकिने बताए ।

अहिलेको युग भनेको प्राविधिक युग हो वर्तमानमा प्राविधिक शिक्षा पढ्दामात्रे आजका नानीहरु भोलिका कर्णधार हुन सक्छन भन्दै डा गिरीले शिक्षा आर्थिक विकासको प्रमुख आधार रहेकेा र देशको विकासमा प्राविधिक शिक्षाको भूमिका ठूलो रहेकाे उनले बताए । 

उनले  पछिल्लाे समय साधारण शिक्षा भन्दा प्राविधिक शिक्षाको महत्व निकै रहेकोले एसईई उर्तीण विद्यार्थीहरुर्ला प्राविधिक शिक्षा पढनको लागि आग्रह गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

एपीएफको गोलीकाण्ड: सीमामा सुरक्षा कि अराजकता?

काठमाडाैं । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारले चलाएको गोलीले एक सर्वसाधारणको ज्यान जानु केवल एउटा आपराधिक घटना होइन, यो राज्यको स...

किन बोलाए देउवाले कांग्रेस शीर्ष नेतालाई छलफलमा ?

काठमाडाैं । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक राजनीति तातिन थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीमा सक्रियता...

‘गरिबको अचार’बाट ‘रातो सुन’तर्फ: बेलचन र नेपालको कृषि–अर्थतन्त्र

कठमाडाैं । नेपालको कृषि इतिहासमा धेरै यस्ता बाली छन्, जसलाई लामो समयसम्म सामान्य, उपेक्षित वा ‘गरिबको खाना’ भनेर हेरियो। बेलचन (लालचन/हिबिस्कस) पनि त्...

आज बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदै छ कााेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ...

आजदेखि पोखरामा दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की । पोखरामा आज (पुस १८ शुक्रबार)देखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्...

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

काठमाडाैं । बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागर...

दीपक बज्राचार्यको नयाँ गीत 'हजार हजारमा' रिलिज

काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज '...

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending