पोखरा । पहिराेमा परी गण्डकी प्रदेशमा सात जनाको मृत्यु भएकाे छ । पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको हो । रानाभाटसँगै सुतेकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते भएकी छिन् । त्यस्तै, पोखरा-७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ भने उनकी आमा रितु सुनार घाइते भएकी छिन् । उनकाे गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।
त्यसैगरी लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिराेले तीन घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । पहिराेमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।
प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका छन् । लमजुङकै दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपागाईंका अनुसार १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । दुवै जनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा विकलको उपचारकाे क्रममा मृत्यु भएको हो ।
यसैगरी लमजुङ राइनास–९ का ३८ वर्षीय रामचन्द्र अधिकारी र तीनपिप्लेका ७१ वर्षीय चन्द्रमान श्रेष्ठ चट्याङ लागेर घाइते भएका छन् । उनिहरुकाे पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले घाइतेहरुको तत्काल उद्धार गरी उपचार भइरहेको र मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल २५ हजार नगदसहित अन्य उद्धार सामग्रीको व्यवस्था गरिएको जानकारी दिइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: