Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापनको पूर्वतयारी

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । मनसुन सुरु भएसँगै प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना र अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित सुरक्षाकर्मीले आपत्कालीन विपद् प्रतिकार्यको तयारी थालेका छन् । पाँचखालमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले उद्धार टोलीका लागि बनेपा नजिकमा ‘अस्थायी वेश’ राखेको छ । 

पनौती नगरपालिका–५ स्थित आइटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा आसपासका स्थानीय तहमा हुने मनसुन तथा विपद्मा उद्धार गर्ने जनाएको हो । उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ सशस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ । 

गृह मन्त्रालयको निर्णय अनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दाको अवस्थामा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी अस्थायी वेश राखिएको समितिले जनाएको छ । 

यसअघि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरी टोलीले सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास गरेको थियो । संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेका, डुबेका, पहिरोमा फसेका तथा बाढीमा फसेका व्यक्तिलाई उद्धार गरी अभ्यास गरिएको थियो । साथै उद्धारकर्मी आफैँ बाढीमा फसेर जोगिन सफल भएको प्रदर्शन गरिएको थियो । दुई जिल्ला विपद्को उच्च जोखिममा रहेकाले संयुक्त पूर्वाभ्यास गरिएको जनाइएको छ । 

जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले सामुदायिक विपद् प्रतिकार्यका लागि काभ्रेपलाञ्चोकको १३ मध्ये १० स्थानीय तहमा ८० सामुदायिक विपद् प्रतिकार्य तालिम दिई जनशक्ति तयार पारेको छ । तालिममा विपद्को परिचय र व्यवस्थापन चक्र, प्रतिकार्यका लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागीलगायत विपद्का घटनाका दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोतसाधनको प्रयोग गरी उद्धार गर्ने, आधुनिक उपकरणको प्रयोगलगायत विषयमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए ।

काभ्रेपलाञ्चोकका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिन्छन् । वर्षायाममा पहिरोको जोखिम, पुराना घर, बजार क्षेत्रमा बाक्लो बस्ती तथा जङ्गल इलाका धेरै भएकाले आगलागीका घटना हुँदै आएको घटनाक्रमले देखाएको छ । 

विपद्का घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौँ मानिसको ज्यान जानसक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्न सक्ने क्षमताको विकास गर्न तालिम दिइएको सिंहले बताए । उनका अनुसार विपद्का क्रममा उद्धारकर्मीको उपस्थिति विना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ का रुपमा युवाको क्षमता विकास गरिएको हो । 

प्राथमिक उपचार तथा मेडिकलसम्बन्धी प्रशिक्षण र अभ्यास, शिक्षार्थीबाट ‘डेमोन्स्ट्रेशन’ गरिएको गणपति प्रमुख सेनानी सिंहको भनाइ छ । गणले गत जेठमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमास्थल भएर बग्ने इन्द्रावती नदीमा ‘मनसुन–४’ नामक विपद् प्रतिकार्य अभ्यास गरेको थियो । गणले गत वर्ष पनि ‘मनसुन–३’ नामाकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको थियो । 

यसैबीच समितिको बैठकमा मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कटको अवस्थामा रहेका समुदाय एवं बस्तीको पहिचान र जोखिम न्यूनीकरणका उपाय अवलम्वन गर्ने, विपद् प्रतिकार्यका लागि अवश्यक समग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकलसहितका उपकरण अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्नेलगायत निर्णय भएका छन् ।

विपद्को समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकासका आयोजना सञ्चालन गर्दा र निर्माण सामाग्री उत्पादन गर्दा विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मापदण्डको पूर्णपालना गर्नुपर्ने पनि निर्णय भएका समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले जानकारी दिए ।

उनका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार जिल्लाका स्थानीय तहसँग मनसुनजन्य विपद्को प्रकृतिगत रुपमा सम्भावित स्थान र जोखिमको पूर्वानुमान विवरण मागिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE