Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कर्णालीमा कांग्रेस बन्यो पहिलो

खबरडबली संवाददाता

सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएको छ । १० वटै जिल्लाको मतगणना सकिएर नतिजा आउँदा कांग्रेसले प्रदेशभरबाट कुल एक लाख ४१ हजार २३३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो भएको छ । रास्वपाले कर्णालीबाट समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मत पाएको छ । नेकपा (एमाले) तेस्रोमा झरेको छ । एमालेले एक लाख २० हजार ८६३ मत पाएको छ । २०७९ को निर्वाचनमा कर्णालीबाट समानुपातिकतर्फ एमाले पहिलो भएको थियो । यो चुनावमा उसलाई कांग्रेस र रास्वपाले उछिनेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक लाख सात हजार १०१ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत पाउँदा अन्य दलको मत १० हजारभन्दा न्यून रहेको छ । 

समानुपातिकतर्फको मतको आधारमा जिल्लागत नतिजा हेर्दा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी तीनरतीन वटा जिल्लामा पहिलो भएका छन् । नेकपाले प्रत्यक्षतर्फ चार वटा क्षेत्रमा विजय हासिल गरेको छ । रास्वपा दुई वटा जिल्लामा पहिलो भएको छ । प्रत्यक्षतर्फ भने उसले एउटा क्षेत्र मात्रै जितेको छ । एमाले दुई वटा जिल्लामा समानुपातिकतर्फ पहिलो भएको छ । उसले प्रत्यक्षमा पनि प्रदेशभरबाट एउटा क्षेत्र जितेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फको मतपरिणाम अनुसार सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पहिलो दल बनेको छ । रास्वपाले समानुपातिकतर्फ ५४ हजार २२६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले कुल ३७ हजार ७४३ मत पाएको छ । नेकपा (एमाले) समानुपातिकतर्फ जिल्लामा तेस्रो भएको छ । उसले २८ हजार ९१४ मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले सात हजार ९६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार २७४ र श्रम संस्कृति पार्टीले तीन हजार २२३ मत प्राप्त गरेका छन् । 

समानुपातिकतर्फ दैलेखमा नेकपा ९एमाले० पहिलो बनेको छ । एमालेले २३ हजार ७३७ मत पाएको छ । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २० हजार ५९१ मत पाएको छ । नेपाली कांग्रेसले २० हजार २७ मत पाएर तेस्रो भएको छ । नेपाली कम्युनिस्ट पार्टीले छ हजार ३२९ मत मात्रै पाएको छ । नेपाल मजदुर किसान पार्टीले दुई हजार ४२० तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४२२ मत पाएका छन् । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । समानुपातिकतर्फ २५ हजार ६६५ मत प्राप्त गर्दै रास्वपा पहिलो दल बनेको हो । नेपाली कम्युनिस्ट पार्टीले २० हजार ३३९, नेपाली कांग्रेसले १६ हजार ६९, एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत पाएका छन् । डोल्पामा प्रत्यक्षतर्फ पराजित भए पनि समानुपातिकतर्फ नेकपा ९एमाले० पहिलो भएको छ । उसले चार हजार ९४४ मत पाएको छ । प्रत्यक्षतर्फ चुनाव जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ चार हजार ७०७ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार १०२ मत पाउँदा नेपाली कांग्रेसले दुई हजार ५९५ मत पाएको छ । 

जुम्लामा प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले जिते पनि समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टी पहिलो दल बनेको छ । उसले समानुपातिकमा १० हजार २०२ मत पाएको छ । कांग्रेस नौ हजार ३६० मतसहित दोस्रो हुँदा राप्रपाले छ हजार ५५२, एमालेले छ हजार २९ र रास्वपाले पाँच हजार ११८ मत पाएका छन् । कालीकोटमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कम्युनिस्ट पार्टी पहिलो दल भएको छ । समानुपातिकमा नेकपाले ११ हजार १८९ मत पाएको छ । एमालेले नौ हजार ५२०, कांग्रेसले सात हजार ७५४, रास्वपाले पाँच हजार एक सय, राप्रपाले एक हजार १९५ मत पाएका छन् । 

हुम्लामा नेपाली कांग्रेस पहिलो दल भएको छ । कांग्रेसले समानुपातिकमा सात हजार ९१५ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले छ हजार २३१, एमालेले पाँच हजार २८० र रास्वपाले दुई हजार ३५ मत पाएका छन् । जाजरकोटको समानुपातिक मतमा नेपाली कांग्रेस पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि जितेको कांग्रेसले समानुपातिकतर्फ ११ हजार ८५ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले १० हजार ३०२ मत पाउँदा एमालेले नौ हजार ३४९ मत पाएको छ । रास्वपाले पनि दुई हजार ९४० मत पाएको छ । 

रुकुमपश्चिममा नेपाली कम्युनिस्ट पार्टी समानुपातिक मतमा पहिलो भएको छ । नेकपाले २० हजार ३६ मत पाएको छ । कांग्रेसले १५ हजार १८१ मत पाउँदा रास्वपाले १० हजार १४९ मत पाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले सात हजार २०७ मत पायो । एमालेले पाँच हजार ८४७ मत पाएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जितेको मुगुको समानुपातिक मतमा कांग्रेस नै पहिलो भएको छ । उसले सात हजार २७१ मत पाएको छ । एमालेले छ हजार ४१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीले चार हजार ६५० र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ११० मत पाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

कपिलबस्तुमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...

काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।  वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको...

डा. स्वर्णिम वाग्लेको चुनावी खर्च २७ लाख

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...

प्रचण्ड–रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट भएको समाचार असत्य

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: